१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

इ–रिक्सा चालकलाई ट्राफिक तालिम

वीरगन्ज– वीरगन्जमा अस्तव्यस्त ट्राफिकको एउटा कारण मानिएको इ–रिक्साका चालकलाई मंगलवारदेखि अभिमुखिकरण तालिम दिन थालिएको छ। कसरी ‘स्टार्ट’ गर्ने देखी कसरी गन्तब्यसम्म सुरक्षित पुर्याउनेसम्मका जानकारीसहित इ–रिक्साका चालकलाई संघीय प्रहरी इकाईको कार्यालय वीरगन्जमा अभिमुखिकरण दिइएको छ। 

वीरगन्जमा सुरु भएको ‘व्यस्थित वीरगन्ज’ अभियान अन्तर्गत यस्तो अभिमुखिकरण सुरु गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। उनले अभियान अन्तर्गत इ–रिक्सा तथा अटो रिक्साहरुको रुट निर्धारण, ट्राफिक शिक्षा तथा ब्यवस्थापन, फोहोर मैला ब्यवस्थापन, पार्किङ्ग व्यवस्थापन लगायत कार्य भइरहेकोमा सोही अन्तर्गत इ–रिक्स चालकलाई अभिमुखिकरण दिन थालिएको जानकारी दिए। 

प्रहरी नायब निरीक्षक राजकुमार केसीले इ–रिक्स चालकलाई ट्राफिक तथा यातायात ब्यवस्थापन सम्बन्धी नियमहरु सडक र त्यसमा आवागमन सुरक्षित र ब्यवस्थित बनाउनका लागि राखिएको हुनाले आफ्नो र अरुको ज्यान जोखिममा नपार्नएका लागि त्यसको पालना सबैले गर्नुपर्ने बताए। प्रहरी सहायक निरीक्षक किरण कार्कीले आफ्नो र अरुको सुरक्षा चालकको पहिलो प्राथमिकता हुनुपर्ने बताए। उनले सडकमा रहेका तथा सडक छेउमा राखिने विभिन्न प्रकारको चिन्हको अर्थ र त्यसको पालना बारे जानकारी गराए। त्यस्तै ओभरटेक गर्ने तरिका, जेब्रा क्रसिङ्गको पालना, इण्डिकेटर बाल्ने र संकेत बुझ्ने तरिका लगायत बिषयमा उनले जानकारी गराएका थिए।

पछिल्लो ५ बर्षमा करिब डेढ हजारइ–रिक्सा र अटो–रिक्सा वीरगन्जमा थपिएका छन्। राजनीतिक दबावले फराकिलो बनाउन नसकेर साबिककै जस्तो साँघुरो छ वीरगन्जको मुख्य बजार भएर गुज्रिने मेनरोड। ढला र सडक निर्माणका योजनाहरुले सडक खनिनने र रुटहरु बन्द हुने करिब ४ बर्षदेखी यहाँ भइरहेको छ। निजी सवारीको चाप पनि त्यतिकै बढेको छ। यहाँ रहेका ३ दर्जन बढी बैंकका सेवाग्राही, बिभिन्न होटेलका ग्राहक र सरकारी कार्यालयकासेवाग्राहीले सडकमै आफ्नो सवारी साधन राख्नुपर्ने हुन्छ। यी सबैले गर्दा जाम वीरगन्जको आम समस्या हो। 

यहाँ रहेका २ दर्जन बढी निजी विद्यालयका र दर्जनौं उद्योग तथा ब्यपारिक प्रतिष्ठानका सवारीहरु यहाँ ओहोरदोहोर गरिरहन्छन्। यहाँ करिब ४० वटा ट्रान्सपोर्टहरु सहरको बीचमा पर्ने आदर्शनगरमा छन्। त्यहाँ आउने जाने सयौं गाडीहरुको भिड मुख्य बजार क्षेत्रले नै खप्नुपर्छ। यस्तोमा भद्रगोल बनेको वीरगन्जको ट्राफिक ब्यवस्था सुधार्न बिभिन्न कदमहरु चालिएको सरोकारवालाहरु बताउँछन्। इ–रिक्साका चालकलाई अभिमुखिकरण तालिम दिएपछि ट्राफिक ब्यवस्थापनमा सहयोग पुग्ने केसीले बताए। हरेक दिन फरक ४० जना इ–रिक्साका चालकलाई राखेर अभिमुखिकरण गराइने उनले जनाए। 

प्रकाशित: ९ आश्विन २०७५ १४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App