१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पकिस्तानले भारतलाई दियो परमाणु हमलाको चेतावनी

इस्लामाबाद– पाकिस्तानले भारतलाई परमाणु हमलाको चेतावनी दिएको छ। आइतबार काश्मिरमा एक भारतीय सैन्य  क्याम्पमा भएको आतंकबारी हमलापछि भारत र पाकिस्तानबिच फेरी वाकयुद्ध सुरु भएको छ। उक्त हमलापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हमलामा पाकिस्ताको हात रहेको भन्दै आफुहरु चुप लागेर नबस्ने बताएका थिए । तर पाकिस्तानले भने उक्त हमला आफ¬हरुले नगरेको भन्दै त्यसको प्रतिबाद गरेको थियो।

पाकिस्तानका रक्षा मन्त्री ख्वाजा असिफले दुई दिनअघि जियो न्युजलाई अन्तरवार्ता दिने क्रममा आवश्यक परे आफ्नो मुलुकले परमाणु हमला गर्न सक्ने बताएका थिए।  उनले भारततर्फ संकेत गर्दै भनेका थिए, ‘हामी कसैको दासी होइनौं र कसैको इसारामा चल्दैनौं, आवश्यक परे हामी परमाण¬ हमला गर्न समेत तयार छौ ।

उनले आफ्नो मुलुकमा रहेको परमाणु हतियार सजाउनका लागि नराखेको बताउँदै आफ्नो राष्ट्रलाई आवश्यक परे जुनसुकै समयमा पनि परमाणु हतियारको प्रयोग गर्न सकिने बताए।

भारत र पाकिस्तानका केही संचार माध्यमले भने रक्षामन्त्री असिफको उक्त भनाइपछि हमला भएको भन्दै यसले दुई देशलाई युद्धको दिशातर्फ धकेलिरहेको बताएका छन्।

प्रकाशित: ३ आश्विन २०७३ ०८:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App