१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

हलमा दर्शक बढाउँदै ट्रेलर

मुम्बई – बलिउड नायक आयुष्मान खुराना आफू अभिनित नयाँ फिल्म ‘बधाई हो’को ट्रेलर हिट भएपछि मख्ख छन्। उनले ट्विटरमा ‘हे भगवान, एक करोड दर्शकले फिल्म ‘बधाई हो’को ट्रेलर हेरे’ भन्दै ट्विटे पछि उनमा आएको खुशी प्रष्ट बुझ्न सकिन्छ । फिल्म ‘बधाई हो’ यस्तो परिवारको कथा हो  जहाँ लाठे छोरा हुँदाहुँदै आमा फेरि गर्भवती भएपछि ती छोराले समाज र आफैंबाट पनि प्रश्न खेप्न बाध्य हुन्छन्।

यो फिल्मको ट्रेलर सामाजिक सञ्जालमा भाइरल भएपछि ‘के आमा बाबुको सेक्स लाइफ हुन सक्दैन?’ भन्ने चर्चा पनि सुरु भएको छ । यो प्रश्नको जवाफ के आउँछ भन्ने निक्र्यौल त भएको छैन तर ट्रेलरले दर्शकलाई फिल्मको बारेमा कुरा गर्न बाध्य बनाएको छ भन्ने कुराको पुष्टि चाहिं गरेको छ।

कुनै फिल्मलाई लिएर दर्शकलाई उत्साहित बनाउने काममा ट्रेलरको महत्व ठूलो छ। जसरी पुस्तकलाई त्यसको आवरणले चर्चामा ल्याउँछ  त्यसै गरी नै फिल्मलाई त्यसको ट्रेलर र मार्केटिङले पनि चर्चा दिलाउने गर्दछ।

फिल्म समीक्षक जय प्रकाश चौकसे भारतमा ५० प्रतिशत दर्शकमा फिल्म हेर्ने बानी रहेको बताउँछन् । उनको बुझाईमा आर्थिक उदारवादले हिन्दी फिल्मको ट्रेलरबाट दर्शकलाई आकर्षित गर्ने चलन बढेको छ।

सामाजिक सञ्जालमार्फत दर्शकलाई फिल्म हलसम्म तान्न ट्रेलर र टिजरको ठूलो भूमिका हुन्छ। त्यसकारण पनि फिल्मकर्मीहरू आफ्नो फिल्मको प्रवद्र्धन गर्न धेरै कार्यक्रममा सहभागिता जनाउँछन्। उनीहरू फिल्मको फस्टलुक सेयर गर्छन् र ट्रेलर बनाउन पनि उत्तिकै मेहनत गर्छन्।

समीक्षक चौकसेका अनुसार यश चोपडाको फिल्म ‘दिल तो पागल है’लाई भन्दा यसको ट्रेलरलाई दर्शकले बढी मनपराएका थिए । ‘दर्शकले ट्रेलर रुचाएको समय सन् ९० को दशकताका नै हो। फिल्म ‘हम आपके है कौन’का समयमा फिल्मका नायक सलमान खान ठूला स्टार भइसकेका थिएनन्।  उनका धेरै फिल्म हिट भएका थिएनन्,’चौकसे सम्झन्छन्, ‘योभन्दा अघि सलमानको ठूलो फिल्मका रुपमा ‘मैंने प्यार किया’ आएको थियो । तर दर्शकले ‘हम आपके हैं कौन’को ट्रेलर हेरेपछि फिल्म हेरे भन्दा बढी खुशी देखिए ।’ सलमानको फिल्मको तत्कालीन समयमा टेलिभिजन र फिल्म हलमा प्रचार गरिएको थियो। जुन समयमा अन्य फिल्मले पनि प्रचारको यही शैली अपनाउँथे । फिल्म ‘हम आपके हैं कौन’को ट्रेलर पनि फिल्म हलमै रिलिज गरिएको थियो।  चौकसेको बुझाइमा भारतमा मल्टिप्लेक्स र टिकटको वृद्धिसँगै ट्रेलरको पनि महत्व बढ्दै गएको छ।

बलिउडमा आकर्षक ट्रेलर बनाउने निर्मातामा महेश भट्ट चिनिन्छन् । उनी आफूले निर्माण गरेका फिल्मको सुटिङ अघि नै ट्रेलरको सुटिङ गर्दथे । अर्का निर्देशक राम गोपाल वर्मा पनि ट्रेलर बनाउन माहिर छन्।

एउटा फिल्मका लागि ट्रेलर ‘सो बक्स’ जस्तो हुन्छ । अहिलेको इन्टरनेटको समयमा फिल्म हेर्नु अघि नै ट्रेलर हेरेर फिल्म  कस्तो बनेको छ भन्ने विश्लेषण दर्शकले गरिसक्छन् । सन् २००५ मा रिलिज अमिताभ बच्चन र रानी मुखर्जी अभिनित फिल्म ‘ब्ल्याक’को ट्रेलर झण्डै ७ लाख ८५ हजार दर्शकले हेरेका थिए । त्यस्तै फिल्म ‘दबंग’को ट्रेलरले झण्डै ५ लाख २६ हजार बढी दर्शक पाएको थियो । अभिनेता शाहरुख खानको फिल्म ‘जीरो’ हाल निर्माणाधिन अवस्थामा छ । तर समयमा समयमा आइरहने झलकले दर्शकलाई फिल्मप्रति चासो जिज्ञाषु बनाएको छ । केही समय अघि सार्वजनिक टिजरमा सलमान र शाहरुखलाई सँगै देखाइएको थियो।

प्रकाशित: ८ आश्विन २०७५ ०५:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App