१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अाेम बाबा माथि अनुसन्धानका लागि ६ दिनकाे म्याद थपियाे

मकवानपुर - सत्य ओम बाबा आरोग्य आश्रमका ओमप्रकाश श्रेष्ठ उर्फ ‘ओम बाबा’लाई जिल्ला अदालत मकवानपुरले प्रहरी अनुसन्धानका लागि ६ दिनको म्याद थप गरेको छ। उपचार गर्न कानुनी अनुमति नलिएका श्रेष्ठले उपचार गर्ने क्रममा मंगलबार एक महिलाको मृत्यु भएको भन्दै प्रहरीले उनलार्इ पक्राउ गरेको थियो ।

उपचारका क्रममा हेटौंडा ११ नवलपुरकी ४१ वर्षीया साबित्री पुडासैनीको मृत्यु भएको भन्दै उनका श्रीमान काशीराम पुडासैनीले हेटौडा १४ स्थित सत्य ओम बाबा आरोग्य आश्रमका श्रेष्ठ बिरुद्ध प्रहरीमा उजुरी दिएका थिए। प्रहरीले उजुरीका आधारमा श्रेष्ठलाई नियन्त्रणमा लिए पछि म्याद थपका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराएकाे थियाे।

छोपुवा व्यथा झारफुक बिधिबाट उपचार गराउन सोमबार आश्रम पुगेकी साबित्री, बाबाका भक्तले खान दिएको १० बोतल पानी पिउँदा बेहोस भएको साबित्रीकी छोरी नीशाले बतार्इन। ‘आमाको चार घण्टासम्म होस खुलेन,’ उनले भनिन्, ‘उनीहरुले समयमै अस्पताल लैजान नदिएकै कारण आमाको मृत्यु भएको हो।’ तर ओम बाबा आश्रमका प्रतिनिधिले भने साबित्रीको मृत्यु आश्रममा नभएको दाबी गरेका छन्।

प्रकाशित: ४ आश्विन २०७५ १५:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App