१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

घुस लिएकाे अाराेपमा महानगरपालिकाका दुई कर्मचारी पक्राउ

वीरगन्ज - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीरगन्ज महानगरपालिकाका दुर्इ कर्मचारीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ। एक लाख रुपैयाँ घुस लिएको आरोपमा महानगरपालिकाको शिक्षा शाखाका अधिकृत मन्जुर आलम र नायब सुब्बा शशिभुषण साह पक्राउ परेका हुन। यस्तै घटनामा संलग्न अर्का एक व्यक्तिलाई पनि टोलीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

वीरगन्ज महानगरपालिका वार्ड नम्बर १४ बहुअरी स्थित फुरकान इन्टरनेशनल विद्यालयका सञ्चालक एकबाल हैदरसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा उनीहरुलाई अख्यिातरको टोलीले विहीवार पक्राउ गरेको हाे। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौडाको टोलीले पुर्वसुचनाका आधारमा खटेर सप्रमाण तीनै जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको जनाएकाे छ।

विद्यालय सञ्चालन अनुमति लिन दर्ता प्रमाणका लागि दुवैजना कर्मचारीले घुस मागेकाे भनी विद्यालय सञ्चालक हैदरले अख्तियारलाई सुचना दिएका थिए। उक्त कामका लागि माग गरिएको रकम एक लाख रुपैयाँ महानगरपालिका कार्यालयको शिक्षा शाखाका नायब सुब्बा साहका भान्जा अरुणकुमार साहको वीरगन्ज लाठगलीमा रहेको पसलबाट बरामद गरिएको थियो। पक्राउ परेका कर्मचारीले विद्यालय सञ्चालक हैदरलाई सो रकम अरुणको पसलमा जम्मा गरेपछि मात्र दर्ता प्रमाणपत्र दिने सर्त गरे अनुसार उनले दिएको रकम सहित अरुण कुमार साहलाई समेत पक्राउ गरिएको हाे। 

प्रकाशित: ४ आश्विन २०७५ १३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App