१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हड्तालले वीरगन्ज प्रभावित

सवारी आवागमनले सधैं व्यस्त रहने लक्षुमनवा–पावरहाउस चोक सडकखण्ड ।    तस्बिरः रितेश/नागरिक

वीरगन्ज – सवारी साधन चलाउन छाडेर गाडी चालकहड्तालमा उत्रिएपछि त्यसको असर व्यापरिक सहर वीरगन्जमा देखिएको छ । वीरगन्जबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधनहरु चलेका छैनन् । पेट्रोलियम इन्धन, मालवाहक कन्टेनर, औद्योगिक कच्चा पदार्थ र विभिन्न खाले तयारी मालवस्तु ढुवानी ठप्प हुँदा वीरगन्जबाट मंगलवार मालसामान कतै जान पाएन। 

मुलुकी अपराध संहिता तथा यातायात व्यवस्था ऐनमा भएका प्रावधानले सवारी चालकलाई कानूनी रुपमा जोखिममा पार्ने काम गरेको भन्दै सवारी चालकहरु हड्तालमा उत्रिएका थिए । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आह्वानमा पूर्वघोषणा अनुसार चालकहरु मंगलबारदेखि देशव्यापी हड्तालमा उत्रिएका हुन् । ऐनका केही बुँदा संसोधन गर्नुपर्ने माग राख्दै देशभरका निजी तथा सार्वजनिक सवारीका चालकहरुगाडी नचलाउँदा व्यापार र उद्योग धन्दामा असर पुगेको छ । यात्रुहरु पनि मर्कामा परेका छन्।

वीरगन्ज सुक्खा बन्दरगाहबाट ढुवानी गर्दै आएको सुक्खा बन्दरगाह ढुवानी कम्पनीका सञ्चालक भैयाराम पटेलका अनुसार त्यहाँबाट लामो वा छोटो दूरीका लागि सबै किसिमका मालवाहक गाडीहरु चल्न पाएका छैनन् । ‘लगभग ठप्प नै छ ढुवानी । आफू नै गाडीधनी भएका चालक वा चालकको समेत काम गर्ने गाडी धनीहरुले छिटफुट रुपमा यहाँबाट मालसमान ओसार्न पाएका छन्, नभए अरु सबै गाडी यत्तिकै उभिएका छन्,’ पटेलले भने, ‘सवारी धनीहरुलेचाहेर पनि चालक नभएका कारण गाडी चलाउन नसक्ने अवस्था सिर्जना भएकोछ । सुक्खा बन्दरगाहबाट दैनिक करिब तीन सयको संख्यामा निस्किने विभिन्नखाले मालवाहक गाडी चलेनन्। 

त्यस्तै वीरगन्ज भन्सारबाट र भन्सार मातहतको एकीकृच जाँच चौकी (आइसिपी) भन्सारबाट छुट्ने मालवाहक गाडी पनि चलेनन् । यी दुई ठाउँ गरेर दैनिक पाच–सातभन्दा बढी मालवाहक गाडी चल्ने गरेका छन् । त्यस्तै वीरगन्जमा रहेका ३० बढी ट्रान्सपोर्टहरुबाट निस्किने करिब सयवटा मालवाहक गाडी पनि जान पाएनन् । यो हड्ताल जति लम्बिन्छ त्यसको असर काठमाडौं र अरु सहरमा वस्तुको मूल्यमा र उपलब्धतामा पर्ने व्यापारीहरु बताउँछन्। 

वीरगन्जबाट काठमाडौं,बनेपा, पोखरा, भैरहवा,बिराटनगर, काँकडभिट्टा, नेपालगन्जलगायत ठाउँहरुजाने लामो दूरीका सवारीसाधन नचल्दा यात्रुहरु अलमलिएका छन् । छोटो दूरीका सवारी साधन नभएर पनि आउजाउमा सर्वसाधारणलाई समस्या भयो । काठमाडौंका लागि ५० को संख्यामा वीरगन्जबाट खुल्ने टाटासुमो नचल्दा वीरगन्जको बसपार्कमा यात्रुहरु भौंतारिएका देखिन्थे । सवारी साधन नचलेका कारण विद्यालय तथा कलेज पनि प्रभावित भएका छन् । कतिपय विद्यालयहरु खुलेनन्। 

प्रकाशित: ३ आश्विन २०७५ ०३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App