१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेल्जिममा पहिलोपल्ट एक बालकको स्वेच्छिक मृत्यु

बेल्जियम –बेल्जियममा पहिलोपल्ट एक बालकलाई स्वेच्छाले मृत्यु रोज्न दिइएको छ। बेल्जियमको संसदले प्राणघातक रोगले ग्रसित मानिसले स्वेच्छाले मृत्यु रोज्न पाउने कानुनमा रहेको उमेरहदको बन्देज हटाएपछि ती बालकलाई इच्छा अनुसार मृत्युवरण गर्न दिइएको हो।

ती बालकको उपचार गरिरहेका एक चिकित्सकले स्वेच्छाले मृत्युवरण गर्न पाउने सम्बन्धी  संघीय आयोगका प्रमुख बिन डिस्ट्म्यानसमक्ष ती  बालक प्राणघातक रोगले ग्रसित रहेको र उनले मृत्युवरण गर्न चाहेको बताएपछि आयोगले उनलाई स्विकृती दिएको थियो।
तर स्वेच्छिक  मृत्युवरण गर्ने बालकको बारेमा अन्य केही विवरण भने दिइएको छैन्।

जुनसुकै उमेरका मानिसले पनि स्वेच्छिक मृत्युवरण रोज्न पाउने बेल्जियम विश्वको एक मात्र मुलुक हो । तर यसका लागि मानिसलाई लागेको रोगको अन्तिम अवस्था हुनपर्ने कानुनी व्यवस्था छ । त्यस्तै १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले स्वेच्छिक मृत्युवरण गर्न चाँहेमा अविभावकको सहमति चाहिन्छ।

 

प्रकाशित: २ आश्विन २०७३ ०८:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App