१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

जहाँ एकजना मरेपछि अर्को पनि मृत्यु हुन्छ

काठमाडौं उपत्यकामा हरेक गणेश मन्दिरमा ‘सिंगल’ गणेशको मुर्ति छ । त्यसको आकार पनि उस्तै बनाइएको हुन्छ । बसन्तपुर दरबारस्थिति ओमःवहाल क्षेत्रमै एउटा यस्तो मन्दिर छ जहाँ जोर गणेशको मुर्ती राखिएको छ । यी मुर्तीको रुप झट्ट हेर्दा एउटै भएपनि आकारमा भने केही फरक छ  । मन्दिरको भित्र जोर गणेशको मुर्ती छ । जोर मुर्तिलाई दुबैतिर फर्काएर राखिएको छ । भगवान गणेशको जोर मुर्ती राखिएकाले यो मन्दिरलाई जोर गणेश मन्दिर पनि भन्ने गरिन्छ । उपत्यकामा गणेशको पुजा  हुने यो मुख्य मन्दिर पनि हो । हरेक बर्ष भाद्र शुक्ल चतुर्थीका दिन यहाँ गणेशको पुजाआजा गर्ने गरिन्छ । चतुर्थीका अवसरमा बिहिबार दिनभर स्थानीयले यस मन्दिरमा विधिवत रुपमा गणेशको पुजाआजा गरेका थिए । ‘यहाँ अरु मन्दिरमा भन्दा फरक तवरले पुजाआजा गरिन्छ,’ मन्दिरका पूजारी लक्ष्मी नारायण महर्जनले भने, ‘मन्दिरमा आएर पुजा गरेपछि मनोकाक्षा पनि पूरा हुन्छ भन्ने मान्यता छ।’

उनका अनुसार उपत्यकामा मुख्य मुख्य ठाउँबाट गणेशको पूजा गर्नका लागि जोर गणेशमा भक्तजन आउने गर्दछन् । उनीहरु गणेशलाई विधिवत रुपमा पुजा गरी फर्कने प्रचलन छन् । ‘यहाँ आएर पुजा गर्दा कुनै आपद्विपद नपर्ने र मनको इच्छा पूरा हुने मान्यता छ,’ उनले थपे, ‘कुनै विवाह साइत जुरेन भने अघिल्लो दिन यस मन्दिरमा आएर गणेशको पूजा गरेपछि जुर्छ भन्ने मान्यता पनि छ।’

‘ओमःवहाल टोलमा कोही १ जना मानिसको मृत्यु भयो भने अर्कोको पनि मृत्यु हुन्छ । यो प्रमाण अहिले पनि टोलमा कायमै छ । टोलमा कसैको मृत्यु भएको केही छिनमै अर्कोको पनि मृत्यु हुने गर्दछ।’

ओमःवहाल टोलको अर्को किंवदन्ती पनि छ । यो टोलमा कोही १ जना मानिसको मृत्यु भयो भने अर्कोको पनि मृत्यु हुन्छ । यो प्रमाण अहिले पनि टोलमा भेटिन्छ । टोलमा कसैको मृत्यु भयो भने त्यसको केही छिनमै अर्कोको पनि मृत्यु हुने गर्दछ । जोर गणेशको मन्दिर भएकाले पनि यहाँ हरेक कुरा जोर नै चल्ने स्थानीय भुवनरत्न बज्राचार्यले जानकारी दिए । ‘यो मन्दिरमा गणेश जन्मिएको किंवदन्ती छ, हरेकदिन विहान  र बेलुकीको समयमा यहाँ गणेश भगवानको भजनकृत गर्ने गरिन्छ,’ उनले भने, ‘यो बर्ष पनि त्यसरी गणेशको पुजा गरिएको छ।’

उनका अनुसार यो टोलमा अवस्थित जोर गणेश मन्दिरमा गणेश भगवान उत्पति भएको किंवदन्ती पनि छ । यहाँ ६/६ महिनाको फरकमा गणेशको पुजा गर्ने गरिन्छ। पुजामा स्थानीयले नै हातेमालो गर्दै आएका छन् । जसका लागि ६ वटा भन्दा बढी गुठियार पनि छन्।

जोर गणेश मन्दिरकै पुजारी बाबुराजा महर्जनले चतुर्थीका दिन यहाँमात्रै नभएर काठमाडौं लगाउत अन्तका मन्दिरमा पनि बिघ्नहर्ता गणेशको जन्मोत्सव मनाइने प्रचलन रहेको बताए । उनका अनुसार शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । हरितालिका (तीज)को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता पनि छ । भाद्र चतुर्थीलाई मङ्गल चतुर्थी तथा गणेशको जन्मदिन पनि भन्ने गरिन्छ। उपत्यकामा पर्ने अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायकलगायत गणेश मन्दिरमा गणेशको विशेष पुजाआजा पनि गरिन्छ।

प्रकाशित: २९ भाद्र २०७५ ०४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App