१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चिनिया नाका जोड्ने सडक सुचारु

रसुवा – तीन दिनदेखि अवरुद्ध रहेको धुन्चे स्याफ्रु सडक खण्ड आज विहानदेखि सुचारु भएको छ। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने यो सडक पहिरोका कारण सोमबार साँझदेखि अवरुद्ध बनेको थियो। एक साताअघि पहिरो पन्छाएर सुचारु गरेको खोपाङभीरको सडकमा पुनः पहिरो खसेपछि सवारी आवतजावत ठप्प बनेको थियो।

धुन्चेदेखि रसुवागढीसम्मको ३० किलोमिटर सडक क्षेत्रको तीन स्थानमा बाढी र पहिरोको कारण पटक पटक सडक बन्द हुँदै आएको छ। सडक सुचारु भएसँगै तीन दिनदेखि रोकिएका सवारी साधन गन्तव्य स्थानतर्फ लागेका छन्। 

चाडपर्वको सामग्री आयात भइरहेको अवस्थामा सडक अवरुद्ध हुँदा व्यापारीले घाटा बेहोर्दै आएका छन्। छोटो दूरीको मैलुङ स्याफ्रुशेँसी सडक सञ्चालनका लागि मर्मत कार्य सुरु भएको छैन। सो सडक सुचारु गर्न सकिएको समस्याको समाधान हुने व्यापारी बताउँछन्।

सडक अवरुद्ध हुने क्रम बढेपछि सामग्री ढुवानीको लागि भाडामा समेत वृद्धि भएको छ। केरुङदेखि काठमाडौँसम्म सामग्री ढुवानी गर्दा यसअघि एक लाख २० हजार लाग्दै आएकोमा अहिले भाडा बढेर एक लाख ६० हजारसम्म पुगेको व्यापारी पुरुषोत्तम पौडेलले बताए।

प्रकाशित: २८ भाद्र २०७५ ०५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App