१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

लोरिस इङ्ल्यान्डको अदालतमा

लन्डन – दुई पटकभन्दा बढी मादक पदार्थ सेवन गरी सवारी चलाएको भन्दै विश्वकपको विजेता फ्रान्सका कप्तान ह्युगो लोरिस बुधबार इङ्ल्यान्डको अदालतमा उपस्थित भएका छन्। 

अस्वीकार्य व्यवहार भएको लोरिसले स्वीकार गरेका थिए । उनले गल्ती स्वीकार गर्दै माफ  मागे । फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका लोरिसले लन्डनको सहरमा गत अगस्ट २४ मा मध्यराति मादक पदार्थ सेवन गरेको स्वीकार गरेका थिए। 

३१ वर्षे लोरिसले मादक पदार्थ सेवन गर्दै सवारी चलाएको भन्दै सञ्चारमाध्यमले प्रकाशित गरेका थिए । लोरिसले मादक पदार्थ सेवन गरेको बे्रथलाइजरबाट थाहा भएको थियो । बे्रथलाइजरले मादक पदार्थको मात्रा नाप्दा ८० ग्राम देखिएको थियो।

‘आत्मैदेखि मेरो परिवार, क्लब, मेरा समकक्षी, प्रशिक्षक र समर्थकसँग क्षमा चाहन्छु,’ लोरिसले विज्ञप्तिमा भनेका छन्, ‘मादक पदार्थ सेवन गर्दै सवारी चलाउनु अस्वीकार्य हो, म सबै जिम्मेवारी लिन चाहन्छु।’

केही समय प्रहरी नियन्त्रणमा रहेका दुई सन्तानका पिता लोरिस पैदलमा घर फर्किएका थिए । इङ्ल्यान्डमा मादक पदार्थ सेवन गरी सवारी चलाएमा अधिकतम ६ महिना जेल सजायसँगै जरिवाना र केही समय सवारी चलाउन रोक लगाउने कानुन रहेको छ। 

युइएफए नेसन्स लिगको पहिलो खेल जर्मनीसँग हुँदा लोरिस चोटका कारण मैदानबाहिर बसेका थिए । उनी थाइको चोटका कारण बेन्चमा बसेको फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसले बताएका थिए । घटनाबारे लोरिससँँग कुरा गरेको र गल्ती महसुस गरी क्षमा मागेको बताउँदै डेसच्याम्पसले लोरिसले उनलाई साथ दिएका थिए।

‘लोरिसले गल्ती भएको महसुस गरेका छन्, र गर्नुहुन्न भन्ने पनि थाहा छ तर यस्तो घटना दोहोरिरहेको छ,’ डेसच्याम्पसले भने । अघिल्लो महिना म्यानचेस्टर युनाइटेडविरुद्ध ३–० को जित हात  पार्दा टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनो साथ दिएका थिए। 

फ्रान्सले रूसमा सम्पन्न विश्वकमा क्रोएसियालाई ४–२ ले पराजित गर्दै दोस्रो पटक विश्वकपको उपाधि जितेको थियो । आफ्नो गल्तीका कारण फाइलनमा क्रोएसियाका मारियो मान्डुजुकिचले गोल गर्दा गल्ती महसुस गरेका थिए। 

सेमिफाइनलमा फ्रान्सले बेल्जियममाथि स्पष्ट जित हात पार्दा लोरिसले उत्कृष्ट प्रदर्शन गरेका थिए भने उरुग्वेलाई उनको टोलीले क्वार्टरफाइनलमा पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको थियो । लोरिसले टोटेनह्यामसँग नयाँ सिजनका लागि साप्ताहिक १ लाख ५० हजार पाउन्डमा सम्झौता गरेका थिए । यो सम्झौतापछि उनको नयाँ सिजन राम्रो हुने अपेक्षा लिइएको थियो। 

‘लोरिसको घटना बारेमा क्लबले गम्भीरताका साथ लिएको छ र आन्तरिक रूपमा नै यसलाई सुल्झाउने प्रयास भइरहेको छ,’ टोटेनह्यामका प्रवक्ताले भने । लोरिस २०१२ देखि लन्डनको क्लब टोटेनह्यामा आबद्ध छन् र उनी फ्रान्सको क्लब लियोनबाट आएका हुन् । उनले टोटेनह्यामबाट २ सय ५६ खेल खेलेका छन्।  

 

प्रकाशित: २८ भाद्र २०७५ ०४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App