१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चट्याङले एकको मृत्यु

सुर्खेत – चट्याङ लागेर सोमबार राति पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१५ जुगेपानीमा १ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार राति एक बजेतिर ५० वर्षीय प्रेमबहादुर कामीको चट्याङ लागेर मृत्यु भएको हो। 

चट्याङ लागेर उनकी श्रीमति ४८ वर्षीय खगिसरा पुन घाइते भएकी छन्। घरमा सुतिरहेको बेला चट्याङ खस्दा दुई गाई, एक गोरु र एक कुकुरको समेत मृत्यु भएको प्रहरीले बताएको छ। 

 

प्रकाशित: २६ भाद्र २०७५ ०७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App