१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कन्टेनर अभाव

रसुवा – तीज नजिकिँदै जाँदा नेपाल ल्याउने तयारीमा रहेका सामग्री भने चीनको केरूङमा नै थन्किएका छन् । सामग्री आयातका लागि कन्टेनरको अभाव भएका कारण समस्या आएको व्यवसायी पुरुषोत्तम पौडेलले बताए। 
एक महिनासम्म सवारी सञ्चालन नहुँदा केरुङमा सवारी गएका थिएनन् । डोल्पाका लागि लैजान लागिएको चामल बोकेर गएका सवारीमा सामग्री आयातको तयारी भइरहेको उनले बताए । ‘एक महिनासम्म सामग्री नेपाल पठाउन सकिएन,’ उनले भने, ‘एकैचोटी सामग्री लैजान परेपछि सवारीको अभाव हुन पुग्यो।’ 

दैनिक चार–पाचवटा खाली गाडी त्यहाँ गइरहेका छन् । खाली गाडी नपाएपछि भाडादर समेत वृद्धि भएको छ । ‘यो भन्दा पहिले चालकलाई १० हजार खर्चसहित एक लाख १० हजार भाडा दिने गरिएको थियो,’ व्यावसायी पौडेलले भने, ‘अहिले एक लाख ६० हजारसम्म पर्न थालेको छ।’

तीजका लागि सिन्दुर, पोते, चुरा, काटा, मेकअप सामग्री चीनबाट आयात हुने गरेको छ । तीज सामग्री आयात भएपछि दसैं र तिहार सामग्री आयात हुनेछ । दसैंका लागि भेंडा च्यांग्रासमेत यो नाका हुँदै भित्रने गरेको छ । 
सामग्री लोड गर्नका लागि कामदार त्यहाँ पुगिसकेका छन् । वान डे पासको व्यवस्था नहुँदा केरुङमा रसुवाका नागरिक मात्र जान पाउँछन् । अन्य जिल्लाका व्यापारी, व्यवसायी तथा सवारी चालक रसुवागढी नाकासम्म पुगेर फर्कन्छन्। 

सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि २०७१ मंसिरदेखि नियमति रुपमा सामग्री आयात तथा निर्यात हुँदै आएको छ । एक महिनासम्म आयात ठप्प भएको नाकामा अहिले सवारी, व्यापारी तथा व्यवसायीको चाप बढेको छ। 

प्रकाशित: २५ भाद्र २०७५ ०७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App