१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्मला हत्याकाण्डः छानविन समितिले एसपी विष्टसँग सोधपुछ गर्ने, प्रतिवेदन तयार

महेन्द्रनगर– भीमदत्त नगरपालिका– २ महुलिया, उल्टाखामकी बालिका निर्मला पन्त हत्याकाण्ड छानबिनका लागि सरकारले दुई साता अघि सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा खटाएको उच्चस्तरीय छानविन समितिले घटनाको प्रतिवेदन तयार पारेको छ। 

शुक्रबार समितिले जिल्ला प्रशासन कार्यालयमा गरेको पत्रकार सम्मेलनमा केहि दिनभित्रै गृहमन्त्री राम बहादुर थापालाई प्रतिवेदन बुझाइने जानकारी दिएको छ। समितिका संयोजक हरिप्रसाद मैनानीले घटनाको स्थलगत अध्ययन गरेर तयार पारिएको प्रतिवेदन बुझाउन लागिएको बताए। 

तत्कालिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मुद्दा फाँटका प्रहरी निरीक्षक एकेन्द्र खडका, डिएपी ज्ञानबहादुर सेठी र एसपी डिल्लीराज बिष्टलाई समेत सोधपुछ गरेर प्रतिवेदनलार्इ पूर्णता दिइने उनले बताए। संयोजक मैनालीका अनुसार निर्मला हत्या काण्डको प्रारम्भिक अनुसन्धान र छानविनमा संलग्न व्यक्तिबाट त्रृटी भएको समितिको निष्कर्ष छ। 

सुक्ष्म अध्ययन गरेको बताउँदै संयोजक मैनालीले घटनास्थलमा शुरुमै प्रहरी भन्दा जनताको बढी सहभागिताले समस्या भएको बताए। भदौँ ७ र ८ गते प्रहरीले गोली चलाई हाल्नुपर्ने अवस्था सिर्जना नभएको समितिको ठहर छ।

प्रकाशित: २२ भाद्र २०७५ १३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App