काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले सुशासन र आर्थिक विकासमा केन्द्रित भएर अघि बढेको बताएका छन्।
इन्टरनेशनल फेडरेशन अफ यादव चेम्बर्स अफ कमर्शद्वारा आज यहाँ आयोजित नेपाल–भारत व्यापार सम्मेलनको उद्घाटन गर्दै उनले अब ‘समृद्ध नेपाल र सुखी नेपाली’को उद्देश्य पूरा गर्न ढिलाइ गर्दैनौ भने।
लामो संक्रमणपछि देश राजनैतिक स्थायित्व प्राप्त गरेको हुँदा वैदेशिक लगानीका लागि अहिले उपयुक्त वातावरण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “समृद्धिका लागि पूर्वाधार, सूचना र प्रविधि, वस्तु र सेवाका क्षेत्र अहिले हाम्रा प्राथमिकताका विषय हुन्।”
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नेपालको विकासका लागि भारतीय व्यवसायीबाट भएको लगानीको प्रतिबद्धता घोषणामा मात्र सिमित नहोस् भने। उनले भने, “मुलुकको आर्थिक र समृद्धिका लागि वैदेशिक लगानी अपरिहार्य छ, सरकारले लगानीका लागि उपयुक्त वातावरण बनारहेको छ।”
सम्मेलनका समन्वयकर्ता डा शिवजी यादवले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई लगानी प्रवद्र्धनको माध्यमबाट कसरी सफल तुल्याउन सकिन्छ भन्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए।
राष्ट्रिय जनता पार्टी नेपालका नेता महेन्द्रप्रसाद यादवले नेपाल र भारतबीचमा रही आएको पारिवारिक र संस्कृतिक सम्वन्धलाई आर्थिक समृद्धिका लागि कसरी सदुपयोग गर्न सकिन्छ भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताए। उनले सम्मेलन मुलुकको आर्थिक विकास र लगानी प्रवर्द्धनका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
नेपाल उद्योग परिघका अध्यक्ष हरिभक्त शर्माले भारतीय उद्योग व्यवसायीलाई नेपालमा लगानीका लागि निकै सहज वातावरण रहेको जानकारी दिए। रासस
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
विश्लेषक मिंगसी कुओका अनुसार सन् २०२१ मा रिलिज हुने आइफोनमा कुनै पनि पोर्ट हुने छैन! ...
पल्सर डेयर भेन्चरले भोलि हुने नेपाल र भुटानबीचको फाइनल खेल समापन पश्चात स्टेडियम सफा गर्ने जनाएको छ। ...
एमभी दुगड ग्रुपद्वारा सोलुखुम्बुमा निर्माणाधीन २९.४ मेगावाट क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको २.५ किलोमिटरको सुरुङ तथा सबै भूमिगत संरचनाको निर्माण सकिएको...
तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ। ...
इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल भारतको सहकार्यमा मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल सो’ हुने भएको छ । ...
डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...
केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...
सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...
यसमा तपाईको मत