भारतमा समलिङ्गी यौन सम्बन्धलाई वैधता

बिहिबार, २१ भदौ २०७५, २० : ४३ एजेन्सी

नयाँ दिल्ली- भारतको सर्वोच्च अदालतले समलिङ्गी यौनलाई मान्यता दिने फैसला गरेको छ। अदालतले दुई समलिङ्गीले यौन सम्पर्कबाट आनन्द लिनु कुनै अपराध नभएको तर्कसहित समलिङ्गी यौन सम्बन्धलाई बिहीबार वैधानिकता दिएको हो। 

झण्डै १५७ वर्ष पुरानो कानून र सन् २०१३ को एउटा फैसलालाई उल्ट्याउँदै अदालतले ऐतिहासिक फैसला गरेको समाचारमा जनाइएको छ। पुरानो कानूनमा यौन सम्बन्धलाई वर्गीकरण गर्दै समलिङ्गी यौन सम्बन्धलाई अवैध भनिएको थियो। 

‘अप्राकृतिक कसूर’ को व्यवस्था भएको ‘सेक्शन ३७७’ भनेर चिनिने पुरानो कानुनी प्रावधानलाई न्यायाधीशहरूले सर्वसम्मतिले अन्त्य गर्ने फैसला गरेका हुन्। 

सन् २०१३ मा सर्वोच्च अदालतले पुरानो कानूनलाई नै सदर गर्ने गरी गरेको फैसलाको ती न्यायाधीशहरूले पुनरवलोकन गरिरहेका थिए। 

भारतका प्रधानन्यायाधीश दीपक मिश्रको अध्यक्षतामा बसेको पाँच सदस्यीय संवैधानिक इजलाशले गरेको निर्णयको धेरैतिरबाट स्वागत भएको छ। इजलासले पुरानो कानून सच्याउनसमेत सुझाव दिएको छ। 

गोपनीयता र सामाजिक तथा नैतिक पक्षलाई पनि ध्यान दिनुपर्ने फैसलामा उल्लेख गरिएको समाचारमा जनाइएको छ। 

भारतका समलिङ्गी तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूले लामो समयदेखि पुरानो कानूनविरुद्ध सङ्घर्ष गरेका थिए।






यसमा तपाईको मत

अन्य समाचार

२० हजार देखि ३० हजारसम्मका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार देखि ३० हजारसम्मका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

यस मूल्यको दायरामा पर्ने र नेपाली बजारमा सजिलै खरिद गर्न सकिने मोडर्न स्मार्टफोनहरूको सूची यहाँ प्रदान गरिएको छ ...

ह्वावेको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा

ह्वावेको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा

ह्वावेले पप–अप क्यामरा भएको वाई नाइनप्राइम २०१९ नेपालीबजारमा सार्वजनिक गरेको छ। ...

मेरिएट होटलद्वारा राजस्थानी फुड फेस्टिभल आयोजना

मेरिएट होटलद्वारा राजस्थानी फुड फेस्टिभल आयोजना

काठमाडौं मेरिएट होटल, नक्सालले आफ्नै रेष्टुरेन्ट ठमेल किचनमा प्राचीन रेसिपिहरु इनफिउज गरेर विशेष रुपमा राजपरिवारहरुका लागि बनाइने प्राचीन किचनको स्वादिष्ट...

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंकले स्थापनाको नवौं वर्ष पूरा गरि दशौं वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार काठमाडौंको कमलादीस्थित केन्द्रिय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा...

के हो हाइव्रिड कार ?

के हो हाइव्रिड कार ?

हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ। यस्ता कारहरुमा...

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंक लिमिटेडको रु.एक हजार अङ्कित दरका तीस लाख कित्ता ऋणपत्र यहि मिति २०७६/०४/०६ गते सोमबार देखि जारी गरेको छ...

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

Ncell Footer Ad