ओली र दाहालबीच सांगठनिक एकतालगायत विषयमा छलफल

बुधबार, २० भदौ २०७५, ०७ : ४६ नागरिक संवाददाता

काठमाडौ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ । भेटमा पार्टीको आन्तरिक एकीकरणका क्रममा देखिएका विवादलगायतका समसामयिक विषयमा छलफल भएको छ । नेकपाको आन्तरिक एकतामा विवाद भइरहेका बेला दुई अध्यक्षकाबीचमा छलफल भएको हो ।

‘दुई अध्यक्षकाबीचमा समसामयिक विषयमा छलफल भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने । छलफलमा हालै सम्पन्न भएको बिम्स्टेक सम्मेलन, अध्यक्ष दाहालको भारत भ्रमण तथा अन्य विविध विषयमा छलफल भएको छ । प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरूको एकता प्रक्रिया लम्बिदै गएका बेला दुई अध्यक्षकाबीचमा एकता प्रक्रियालाई छिट्टै सम्पन्न गर्ने सहमति भएको जनाइको छ ।

नेकपाको आन्तरिक एकता प्रक्रियामा पूर्व एमाले भित्रैको विवाद तथा पूर्व एमाले तथा पूर्व माओवादी केन्द्रकाबीचमा भागभण्डा नमिल्दा एकिकरण प्रक्रिया लम्बिदै गएको छ । आन्तरिक एकताका लागि गठित कार्यदलले प्रतिवेदन बुझाउन नसक्दा नेकपाको स्थायी समिति बैठक समेत दुई पटक सरिसकेको छ ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad