१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विप्लव, सिके राउत सबैसँग वार्ताकाे तयारी:पाण्डे

पाल्पा–सरकारले मुलुकभर विभिन्न स्वरुपमा असन्तुष्टि जनाइरहेका विभिन्न ससस्त्र समूहसँग वार्ता गरेर समाधान निकाल्ने प्रकृया अघि बढाएको छ। पूर्व उद्योगमन्त्री रहिसकेका सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित उच्चस्तरीय वार्ता टोलीले यस संम्बन्धी प्रकृया अघि बढाएको जनाएको छ।

टोलीका संयोजक पाण्डेले पाल्पामा पत्रकारहरुसँगको अन्तरकृयाका क्रममा असन्तुष्ट वा विद्रोही सबै पक्षको माग वार्तामार्फत् पूरा गर्न  वार्ताका लागि लिखतरुपमै आह्वान गर्ने क्रममा रहेको जानकारी गराए। ‘विप्लव समूह पनि वार्ताका लागि सकारात्मक छ । तराईमा रहेका गोइत समूह, पाल्पालाई केन्द्र बनाएर स्थापित माओवादी कम्प्युनिष्ट केन्द्र, सिके राउतलगायत अन्य समूहको पहिचान गरी लिखित प्रक्रियाबाट वार्ताको लागि आह्वान गर्ने क्रममा छौं,’ संयोजक पाण्डेले भने, ‘हिंसारत, युद्धरत पक्षहरूसँग वार्ताको माध्यमबाट सरकार अगाडी बढी शान्तिपूर्ण प्रक्रियामा जान चाहेको छ।

हाल लाई तीन महिनामात्र अवधि पाएको उक्त टोलीले कामलाई प्रभावकारी बनाएर अघि बढने  र तोकिएकै अवधिमा सहमति गरिसक्ने दाबी पाण्डेको थियो। ‘समय छोटो भएर फरक पर्दैन । हामी कामलाई कसरी प्रभावकारी बनाउने भन्ने तर्फ लागेका छौं,’ उनले भने, हामी सुभेच्छुक, निकटका व्यक्तिहरूमार्फत आसय बुझिसकेका छौं। वार्तामा बसेर सबै जना शान्तिपूर्ण बाटोमा आउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं, पाण्डेले के कसरी बार्ताको माध्यमबाट अगाडी बढ्ने भन्नेतर्फ तयारी थालिएको जानकारी गराए ।

 नेपालमा हिंसात्मक गतिविधि सञ्चालन गरिरहेका वा गर्ने मनसायका २३ वटा विद्रोही समूह तथा पार्टीलाई पहिचान गरिएको छ। कोही निहित स्वार्थमा केन्द्रीत पनि पाइएको छ। कानुन विपरित गतिविधि गर्नेहरु सबैलाई राज्यले पहिचान गर्दैरहेको उनको भनाई थियो।

 नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १ सय भन्दा बढी कार्यकर्ता देशभरबाट पक्राउ गरिएको जानकारी दिदै सरकारले उनीहरुसँग राजनीतिक प्रतिशोध नलिएको स्पस्ट पारे। ‘विप्लवका कार्यकर्ताहरू प्रशासनिक प्रकृतिका किटानी जाहेरीका आधारमा पक्राउ परेका हुन्,’ उनले भने, ‘यसलाई राजनीतिक प्रतिशोधको रुपमा बुझ्नु हुँदैन।’सरकारको विरुद्धमा रहने समूहहरु सकारात्मक रहेर वार्तामा आउँदा टोलीले नै सबै कुरा टुङ्ग्याउन पाउने गरी अधिकार पाएको पाण्डेले जनाए।

 

प्रकाशित: १९ भाद्र २०७५ ०६:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App