१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

उडवार्डलाई जित समर्पण

लन्डन – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले आइतबार इङ्लिस प्रिमियर लिगमा बर्नलीमाथि हात पारेको २–० को जित दबाबमा रहेका क्लब उपाध्यक्ष इड उडवार्डप्रति समर्पण गरेका छन्।

लेस्टर सिटीलाई पराजित गर्दै प्रिमियर लिगमा सुखद सुरुआत गरेको युनाइटेडले त्यसपछिका खेलमा क्रमशः ब्राइटन र टोटेनह्यामलाई नतिजा सुम्पिएको थियो । लगातार दुई हारपछि युनाइटेडका समर्थकले सरुवा बजारमा माउरिन्होले चाहेको खेलाडी अनुबन्धन गर्न नपाएको र त्यसमा उडवार्ड मुख्य दोषी भएको भन्दै उनको चर्को आलोचना गरेका थिए। 

माउरिन्होले खेलाडी अनुबन्धमा क्लबले वास्ता नगरेको भन्दै यो सिजन आफूहरूका लागि कठिन हुने बताएक थिए  । तर उडवार्डले भने क्लबमा क्षमतावान् खेलाडी भए पनि उनीहरूलाई माउरिन्होले उचित मौका नदिएको आरोप लगाएका थिए।

त्यसयता माउरिन्हो र उडवार्डबीचको चिसो सम्बन्ध सतहमा देखिएको थियो । ओल्ड ट्राफोर्डमा जारी गतिरोधले भने युनाइटेड जित छायामा परेको छ । बर्नलीको घरेलु मैदान टर्फ मुरमा सम्पन्न खेलमा युनाइटेड समर्थकले ‘इड उडवार्ड तिमी असफलताको विशेषज्ञ हौ’ भन्ने ब्यानर प्रदर्शन गरेका थिए।

लगातार दुई हारपछि युनाइटेडका समर्थकले सरुवा बजारमा माउरिन्होले चाहेको खेलाडी अनुबन्धन गर्न नपाएको र त्यसमा उडवार्ड मुख्य दोषी भएको भन्दै उनको चर्को आलोचना गरेका थिए।

२७औं मिनेटमा स्ट्राइकर रोमेलु लुकाकुले गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । मध्यान्तर हुन एक मिनेट बाँकी हुँदा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारेका थिए।

६९औं मिनेटमा युनाइटेडले अग्रता तेब्बर पार्ने सुनौलो अवसर पाएको थियो  । तर पाउल पोग्बाले गरेको प्रहार बर्नलीका गोलकिपर जो हार्टले रोकेका थिए । बर्नलीका बेन मीले मार्कुस रसफोर्डलाई लडाएपछि युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो।

त्यसको ३ मिनेटपछि रसफोर्डले फिल वार्डस्लेमाथि खराब फाउल गरेको भन्दै रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि युनाइडेडले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो।

‘म यो जित उपाध्यक्ष उडवार्डप्रति समर्पण गर्न चाहन्छु,’ माउरिन्होले भने, ‘गत साता घरेलु मैदानमा टोटेनह्यामलाई नतिजा सुम्पिँदा समर्थक निराश भएका थिए । तर पनि उनीहरू आज हाम्रो समर्थनका लागि मैदानमा उपस्थित भए । त्यसका  लागि विशेष धन्यवाद।’

माउरिन्होले पोग्बा पेनाल्टीमा गोल गर्न असफल भए पनि उनलाई आगामी खेलहरूमा पनि पेनाल्टीको जिम्मेवारी दिने बताए । वाट्फोर्डले भने आइतबारै टोटेनह्यामलाई २–१ ले स्तब्ध पार्दै जारी सिजनको उत्कृष्ट लयलाई चौथो खेलसम्म निरन्तरता दिएको छ।

५३औं मिनेटमा वाट्फोर्डका अब्डाउले डाउकोरेले गरेको आत्मघाती गोलमा टोटेनह्यामले अग्रता लिएको थियो । तर ६९ औं मिनेटमा ट्रोय डेनेले गरेको गोलमा वाट्फोर्ड खेलमा फर्किएको थियो । त्यसको ९ मिनेटपछि क्रायउ क्याथकार्टले गरेको गोल वाट्फोर्डको जित लयलाई निरन्तरता दिन पर्याप्त बन्यो।

४ खेलमा १२ अंक जोडेको वाट्फोर्ड तेस्रो स्थानमा छ । समान खेलमा समान १२ अंक जोडेका लिभरपुल र चेल्सी गोलअन्तरमा क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । १० अंक जोडेको म्यानचेस्टर सिटी चौथो र ९ अंकका साथ टोटेनह्याम पाँचाैं स्थानमा छन्।

प्रकाशित: १९ भाद्र २०७५ ००:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App