२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लामीडाँडामा झुण्डिएको अवस्थामा पुरुष फेला

खोटाङ- खोटाङको लामीडाँडामा नचिनिएका पुरुष मृत फेला परेका छन्। लामीडाँडा-३ मा बिहीबार अन्दाजी ४० वर्षका पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी नविनकिशोर प्रधानले जानकारी दिए।

लामीडाँडा-३ का बलबहादुर श्रेष्ठको बसोबास नभएको घरमा नाम, थर र ठेगाना नखुलेको पुरुष मृत अवस्थामा भेटिएको हो। गहुँगोरो, मंगोलियन, खैरो रंगको बक्स पकेट भएको पाइन्ट र चेक हाफ स्विटर लगाएको करिब ५ फिट ५ इन्च उचाई भएको पुरुषको अहिलेसम्म पहिचान हुन सकेको छैन।

शव पोष्टमार्टमका लागि ट्याक्टरमा हालेर जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको डीएसपी प्रधानले जानकारी दिए। घट्नास्थल लामीडाँडा बिमानस्थलबाट करिब २ घण्टा पैदल दक्षिणमा पर्छ।

प्रकाशित: ३१ भाद्र २०७३ ०३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App