१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाली विशेष दूत उत्तर कोरिया जाँदै

सोल- दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनले एक विशेषदूतलाई आगामी बुधबार उत्तर कोरियाको राजधानी प्योङयाङ पठाउन लागेका छन्। 

दक्षिण र उत्तर कोरियाली शीर्ष नेताबीच स्थगित भएको शीर्ष बैठक तथा आणविक निःशस्त्रीकरणका बारेमा पनि छलफल गर्न विशेषदूत प्योङयाङ जान लागेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। 

उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनबीच आणविक निःशस्त्रीकरणका विषयमा हुने भनिएको शिखर बैठक केही समयदेखि स्थगित छ। हाल नाम प्रचारमा नल्याइएका विशेषदूत सेप्टेबर ५ मा उत्तर कोरियाको राजधानी प्योङयाङ पुग्ने राष्ट्रपतिको प्रवक्तालाई उद्धृत गर्दै योन्हाप समाचार समितिले जनाएको छ। 

प्रकाशित: १५ भाद्र २०७५ १६:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App