म्याग्दीकी पुजालाई पूर्व न्यायाधीशको सहयोग

सोमबार, ११ भदौ २०७५, १७ : ३० नागरिक

काठमाडौं– चरम गरिबीको कारण आफूँले नियमित विद्यालयमा आउन नसक्ने पत्र प्रधानध्यापकलाई लेखेकी म्याग्दीकी पुजा खत्रीलाई सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसीले आर्थिक सहयोग गरेका छन्।

केसीले पुजाको पठनपाठनको लागि २५ हजार सहयोग गरेका हुन्। बेनी नगरपालिका–६ फोओठेकी १२ बर्षिया पुजा खत्रीले बृद्ध हजुरबुबा, भाईबहिनीको रेखदेख, विहान बेलुकी हातमुख जोड्न समेत गाउँघरमा माग्न हिड्नुपर्ने भएकाले विद्यालयमा प्रयाप्त समय दिन नसक्ने भन्दै विद्यालयबाटै निष्काशन गर्ने मार्मिक पत्र सहितका समाचार नागरिकन्यूजमा प्रकाशित भएको थियो।

समाचार प्रकाशन भएपछि उनको अध्ययनको लागि स्वदेश तथा विदेशबाट सहयोग आउन थालेको छ। जामुनाखर्क माविमा कक्षा ६ मा अध्ययरत खत्रीले गत भदौ १ गते विद्यालयका प्रधानध्यापक सोमनाथ ढुंगानालाई रहर भएपनि बाध्यताले नियमित विद्यालयमा आउन नसक्ने अवस्थालाई जनाउ दिदैं आफ्नो नाम कक्षाको रजिष्टरबाट हटाइदिन अनुरोध गरेको पत्रले सञ्चारमाध्यमका साथै सामाजिक सञ्जालमा समेत भाइरल भएको थियो।  यस अघि खत्रीलाई जन्मदिनको अवसरमा नेपाल पत्रकार महासंघका गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले २१ हजार सहयोग गरेका थिए। खत्रीको अध्ययनको लागि सहयोग आउने क्रम जारी रहेको छ।







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad