१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संघीय सरकार मातहतका कार्यालयले मानेनन् प्रदेश सरकारकाे निर्णय

उदयपुर - प्रदेश सरकारले जनैपूर्णिमा तथा रक्षाबन्धनमा दिएको सार्वजनिक विदाको अवज्ञा गर्दै उदयपुरस्थित संघीय सरकार मातहतका कार्यालयहरु आइतवार समेत खुलेका छन्। सार्वजनिक बिदामा संघीय सरकारको आदेश नभएको भन्दै उदयपुर स्थित संघीय सरकार मातहत कार्यालयहरुले आईतबार प्रदेश सरकारले दिएको जनैपुर्णिमा तथा रक्षाबन्धनको दिन समेत विदा दिएनन।

विगत वर्षहरुमा दिइदै आएको चाडपर्बका केहि विदामा यो वर्ष कटौती भए पनि प्रदेश सरकारले विदा दिएको थियो। तर, संघीय सरकार मातहत रहेका जिल्ला प्रशासन, सरकारी वकिल, सुरक्षा निकाय, मालपोत, नापीलगायत कार्यालयहरुले केन्द्रको निर्देशन नभएको भन्दै प्रदेश सरकारको निर्णय अवज्ञा गरेका हुन्।

जिल्ला अदालतले भने जनैपुर्णेमा विदा मनाएको छ। साउनमा प्रदेश सरकारले दिएकाे विदा संघीय मातहतकै कार्यालय भएको भन्दै नमनाएको अदालतले भदौ १ गतेदेखि लागू भएको देवानी संहिता कार्यविधि ऐन अनुसार विदा दिएको जनाएको छ। अदालतका स्रेस्तेदार रितबहादुर पुलामी मगरले ‘देवानी कार्यविधि संहिता ऐन २०७४’ को दफा ५१ अनुसार अदालतले विदा मनाएको बताए। सो दफाको ‘स्पष्टिकरण खण्ड’ मा ‘सार्वजनिक विदा भन्नाले संघीय सरकार तथा प्रदेश सरकारद्वारा सार्वजनिक विदा दिएर सूचिकृत गरेका दिन’ लाई मान्नुपर्ने उल्लेख भए अनुसार अदालतमा विदा दिइएको मगरले बताए। 

प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले यसअघि पनि प्रदेश सरकारले घोषणा गरेका विदा गृहको निर्देशन नभएकाले नमनाएको भन्दै जनैपुर्णिमामा समेत विदा नदिएको बताए। प्रशासन लगायत केही कार्यालयहरु संघीय सरकार मातहत रहेकाले गृहको निर्देशन अनुसार चल्नुपर्ने भन्दै उनले प्रदेशले दिएको विदा प्रशासन र सरकारी वकिल लगायत कार्यालयलहरुले नदिएको कार्कीले बताए । 

प्रकाशित: १० भाद्र २०७५ १०:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App