१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

गुइरेरोमाथि फेरि प्रतिबन्ध

जुरिच – पेरूका कप्तान पाउलो  गुइरेरोमाथि फिफाले बिहीबार कोकिन प्रयोग गरेको भन्दै पुनः प्रतिबन्ध लगाएको छ।

गुइरेरोलाई मे महिनामा कोर्ट अफ आर्बिटिएसन फर स्पोर्ट्सले चियामा कोकिनको प्रयोग गरेको भन्दै १४ महिनाको प्रतिबन्धको सजाय सुनाएको  थियो । यससँगै उनको रूस विश्वकप सहभागिता अनिश्चित बनेको थियो । गुइरेरोले मे ३१ मा अपिल गरेपछि स्विस अदालतले अन्तिम सुनुवाइ नहुँदासम्म उनको प्रतिबन्ध फुकुवा गरेको थियो।

त्यसलगत्तै उनी रूस विश्वकपमा सहभागी भएका  थिए । यद्यपि समूह ‘सी’ मा रहेको पेरू ३६ वर्षपछि विश्वकपमा फर्किए पनि दोस्रो चरण प्रवेश गर्न भने सकेन । पहिलो खेलमा डेनमार्क र दोस्रो खेलमा फ्रान्सलाई नतिजा सुम्पिएको पेरूले समूहचरणको अन्तिम खेलमा अस्ट्रेलियालाई पराजित गरेको थियो । अस्ट्रेलियाविरुद्ध २–० ले जित हात पारेको खेलमा गुइरेरोले एक गोल गरेका थिए।

फिफाले स्विस अदालतले अन्तिम फैसला सुनाएको भन्दै गुइरेरोमाथि पुनः प्रतिबन्ध लगाएको हो । ब्राजिलियन क्लब इन्टरनाकियोनलबाट व्यावसायिक फुटबल खेल्दै आएका गुइरेरोले अक्टोबरमा विश्वकप छनोटअन्तर्गत अर्जेन्टिनाविरुद्धको खेलअघि चियामा कोकिनको प्रयोग गरेको फिफाले जनाएको छ।

फिफाले उनलाई नोभेम्बरमा १२ महिनाको प्रतिबन्ध सुनाएको थियो । प्रतिबन्धमा परेको  ६ महिनापछि स्विस अदालतले केही समयका लागि उनको प्रतिबन्ध फुकुवा गरेको थियो । गुइरेरोले भने अदालतसमक्ष चियामा कोकिनको नभई हर्बलको प्रयोग गरेको बयान दिएका थिए।

प्रकाशित: १० भाद्र २०७५ ०४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App