अमेरिकी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमण स्थगित

शनिबार, ०९ भदौ २०७५, १९ : १२ एजेन्सी

वासिङ्टन- अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको उत्तर कोरिया भ्रमण स्थगित भएको छ। उनले केही दिनपछि उत्तर कोरियाको भ्रमण गर्ने तयारी थियाे। तर सो भ्रमण नगर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री पोम्पेओलाई निर्देशन दिएका छन्। ट्रम्पले सो जानकारी शुक्रबार आफ्नो ट्वीटर अकाउण्टमार्फत गराएका छन्।

उनले भनेका छन्, तत्कालका लागि उत्तर कोरियाको भ्रमण गर्न उचित छैन किनभने निशस्त्रीकरणका पक्षमा उत्तर कोरियाले भने बमोजिमको प्रगति हुन सकेको छैन्। 

अमेरिकी समाचार समिति एपीले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार विदेशमन्त्री पोम्पेओको उत्तर कोरिया भ्रमण स्थगित भएको जनाएको छ। उसले विदेशमन्त्रीको अर्काे भ्रमण कहिले हुने भन्ने बारेमा भने केही पनि खुलाएको छैन। 

सो ट्वीटमा ट्रम्पले भनेका छन्, मैले विदेशमन्त्री पोम्पेओलाई अहिलेको अवस्थामा उत्तर कोरियाको भ्रमण नगर्नु भनेको छु किनभने हामीले अघि प्रतिबद्धता व्यक्त गरे जस्तो गरी निशस्त्रीकरणको पक्षमा खासै प्रगति गर्न सकेका छैनौँ। 

उनले विदेशमन्त्री पोम्पेओले निकट भविश्यमा नै उत्तर कोरियाको भ्रमण गर्नेपनि जानकारी दिएका छन्। त्यस भ्रमणका क्रममा आफूले उत्तर कोरियाका नेता किम जोङ उनलाई न्यानो मायाँ र सम्मानको सन्देश पठाउने बताएका छन्।

उनले आफू पनि उत्तर कोरियाका नेता किमलाई भेटगर्न आतुर रहेको पनि उल्लेख गरेका छन्। भ्रमणका लागि विदेशमन्त्री पोम्पेओ उत्तर कोरिया प्रस्थान गर्ने तयारीमा रहेका बेला अमेरिकाको यो निर्णय आएको छ। 

राष्ट्रपति ट्रम्पले कोरियाली प्रायद्वीपलाई परमाणु हतियार मुक्त बनाउने भनी अघिल्लो भेटमा भएका प्रतिबद्धता बमोजिम पर्याप्त मात्रामा प्रगति भइनसकेको उल्लेख गरेका छन्। 

गएको जुन महिनामा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँग भेटवार्ता गरेका थिए। उच्चस्तरीय सम्मेलन नाम दिइएको सो भेटवार्ता सिंगापुरमा भएको हो। सिंगापुरमा भएको सो सम्मेलनमा उत्तर कोरियाले परमाणु कार्यक्रमलाई अन्त्यगरी निशस्त्रीकरणमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको थियो। 

त्यस यता उत्तर कोरियाबाट परमाणु खतरा नरहेको राष्ट्रपति टम्पले नै बताउँदै आएका छन्। तर अहिले भने उनले उत्तर कोरियाले पर्याप्त मात्रामा काम गर्न नसकेको टिप्पणाी गरेका हुन्। उत्तर कोरियाले आफ्ना परमाणु केन्द्र बन्द गर्ने र कोरियाली प्रायद्वीपलाई परमाणु मुक्त बनाउने भनी सिंगापुरमा गरेको सहमतिलाई लागू नगरेको अमेरिकाको आरोप छ। 

उत्तर कोरियाले नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र बनाउँदै गरेको पनि अमेरिकाको आशंका छ। त्यस्तै संयुक्त राष्ट्रसंघको परमाणु एजेन्सीले पनि उत्तर कोरियाले आफ्नो पमारणु कार्यक्रमलाई बन्द नगरेको बताएको छ। 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad