१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङमा किशोरीको सामूहिक बलात्कार, एक पक्राउ

ताप्लेजुङ– ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एक किशोरीको सामूहिक बलात्कार भएको छ। प्रहरीले घटनामा संलग्न भएको आरोप एक युवकलाई पक्राउ गरेको छ भने एक फरार छन्। 

पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला ५ का २३ वर्षीय कमल थोप्रा लिम्बु रहेका छन्। घटनामा संलग्न अर्का फरार अभियुक्तको खोजी भइरहेको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। 

पीडित परिवारले प्रहरीलाई दिएको जानकारीअनुसार कमलसहित उनको साथी मिलेर मंगलवार बिहान किशोरीलाई धम्क्याएर नजिकैको एक खाली घरमा लगी जबरजस्ती करणी गरेका थिए। 

पीडित परिवारको उजुरीपछि प्रहरी चौकी साँघुबाट खटिएको टोलीले प्रतिवादी मध्येका कमललाई पक्राउ गरेको र फरार रहेका अर्का प्रतिवादीको खोजतलास भइरहेको डिएसपी बस्नेतले बताए। 

प्रकाशित: ६ भाद्र २०७५ १०:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App