१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सडकका लागि जनतासँग जग्गा माग्दै प्रदेश २ सरकार

त्रिभुवन राजपथको वीरगन्ज–पथलैया सडकखण्डमा लगाइएको प्रदेश सरकारको एउटा होर्डिङ बोर्ड। तस्बिरः रितेश/नागरिक

वीरगन्ज - सडक सबैलाई चाहिन्छ, सडक बनाउनका लागि भने कसैले एक इन्च जग्गा दिँदैन। बरु आफ्नो घर, गोठ वा खलिहान अगाडि सडकको जग्गालाई व्यक्तिगतरूपमा भोगचलन गर्नेको संख्या धेरै छ। यसले गर्दा सडक संरचना निर्माणमा असहज भइरहेको महसुस गर्दै प्रदेश २ को सरकारले सडकका लागि जग्गा माग्दै एक अभियान सुरु गरेको छ।

प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले यस्तो अभियान सुरु गर्दै सडकका लागि खुसीसाथ जग्गा उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेको छ। प्रदशेका मुख्यमन्त्री लालबाबु राउत गद्दी र प्रदेश २ काभौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको संयुक्त आग्रह गरेको ४० वर्गफिटको होर्डिङ बोर्ड प्रदेशका विभिन्न ठाउँमा लगाइएको छ। ‘सडककै विकास हामी सबैको बिकास हो। सडक भए दमकल, एम्बुलेन्स अनि सवारी साधन आउछ–जान्छ। सडकले नै तपाइलाई सहर–बजार रदेश–दुनियासंग जोड्छ। सडक विकासले नै भविष्य फक्रिन्छ। सडक बनाउनका लागि खुसीखुसी आफ्नो जग्गा दिनुस्,’ भन्ने सन्देश भोजपुरी र मैथिली भाषामा लेखेर यस अभियानमार्फत जनतामाझ लगिएको मन्त्रालयले जनाएको छ।

सडक बनाउन जग्गा चाहिन्छ, पहिलेदेखि भएका सडक फराकिलो बनाउन पनि जग्गा चाहिन्छ, त्यसकारणले जनताले खुसीसाथ आफ्नो जग्गा सडकको लागि दिनु सक्नुपर्छ।

‘कुनै पनि ठाउँको विकासका लागि चाहिने सबैभन्दा महŒवपूर्ण पूर्वाधार भनेको सडक नै हो, यस अर्थमा प्रदेश सरकारले सडकको निर्माण र सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ,’ प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री सोनलले भने, ‘हामीले यस कार्यमा जनतालाई जोड्न चाहेका छौं, जनताको साथ र सहयोग हामीलाई यसमा चाहिन्छ। खासगरी सडक बनाउनका लागि जग्गा चाहिन्छ, पहिलेदेखि भएका सडक फराकिलो बनाउन पनि जग्गा चाहिन्छ, त्यसकारणले जनताले खुसीसाथ आफ्नो जग्गा सडकको लागि दिनु सक्नुपर्छ,’ प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रालयले लगाएको होर्डिङ बोर्डमा सडकको संरक्षण सडक तथा गाउँ घरमा बृक्षरोपणका लागि पनि आग्रह गरिएको छ।’

१० ठाउँमा बोर्ड लगाएर सुरु गरिएको अभियान आर्थिक वर्ष २०७५/०७६ मा व्यापक बनाएर लैजाने योजना रहेको उनले बताए। मन्त्रालयले यस्ता सचेतनाका लागि धेरै ठाउँमा होर्डिङ बोर्ड लगाउने, पोस्टर टाँस्ने र लक्षित समुदयाय केन्द्रित अन्तरक्रिया गर्ने योजना लिएको सोनलले जानकारी गराए । प्रदेशका मुख्यमन्त्री गद्दीले विकासको अभियानमा जनतालाई नजोडी नहुने बताए। ‘जनताले सार्वजनिक विकास निर्माणमा स्वामित्व लिन सक्नुपर्छ, सडकलगायत संरचना बनेको छ। यो मेरो लागि हो भन्ने बुझ्न सक्नुपर्छ,’ मुख्यमन्त्री गद्दीले भने, ‘हामीले यस्ता सन्देशमार्फत विकास निर्माणमा जनताको स्वामित्वबोध पनि स्थापित गराउन चाहेका छौं।’

यस अभियानअन्तर्गत दिएको सन्देशलाई स्थानीय तहले सकारात्मक रूपमा लिएका छन्। होर्डिङ बोर्ड लगाइएको बाराको जितपुर सिमरा उपमहानगरपालिकाका सञ्चार संयोजक दिवाकर भण्डारीले सडक विकासका लागि जनताको सहयोग नभई नहुने कुरा भएकोले यो अभियान महŒवपूर्ण लागेको प्रतिक्रिया दिए।

प्रकाशित: ५ भाद्र २०७५ ०१:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App