१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एकल महिलासँग दाम्पत्य जीवन गास्ने सम्मानित

अधिकारी दम्पतिलाई सम्मानित गरिदै। तस्वीर : महेशकुमार दास/नागरिक

महोत्तरी – एकल महिलासँग दाम्पत्य जीवन गास्ने सहासी अधिकारी दम्पतिलाई शहीद प्रतिभा प्रतिष्ठान महोत्तरीले सम्मानित गरेको छ।

तीन दशक अगाडी एकल महिलासँग विवाह गरी सुमधुर जीवनयापन गर्दै आएका गौशाला नगरपालिका–२ भरतपुरका मन्नु प्रसाद अधिकारी र अमृताकुमारी अधिकारीलाई प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी सम्मानित गरेको हो।

दोसल्ला, फुलमाला तथा सम्मानपत्र सहित एमनेष्टी ईन्टरनेशल नेपालका राष्ट्रिय अध्यक्ष राजन कुइँकेल तथा पूर्व युवा तथा खेलकुदमन्त्री गणेश नेपालीले संयुक्त रुपमा दुवै जनालाई सम्मान गरेका हुन्।  

एकल महिलाले अभिशप्त जीवन बाँच्नुपर्ने नेपाली समाजको कठोर परम्पराविरुद्ध गएर तीन दशकपूर्व नै ठुलो साहस तथा आँटका साथ एक अर्कालाई सहजरुपमा जीवन साथी स्वीकार गर्दै पारिवारिक सौहार्दता र सहमतिकाबीच नव दाम्पत्य जीवन आत्मसात गरी समाजवादी र प्रगतिगामी विचारलाई व्यवहारिक रुप दिएर समाज सुधारतर्फ प्रेरणादायी कदम चालेकाले उनीहरुलाई सम्मानित गरिएको प्रतिष्ठान महोत्तरीका अध्यक्ष एवं पूर्व युवा तथा खेलकुदमन्त्री नेपालीले बताए।
 
सम्मान पाउने अधिकारी नेपाली कांग्रेसका नेता हुनु भने उनको जीवनसंगिनी अमृता गृहिणी हुन्। अमृताकुमारीले आफुहरुको परिवारको मञ्जुरीले विवाहभएकाले अहिलेसम्म राम्रै अवस्था रहेको बताइन्।

प्रकाशित: ३ भाद्र २०७५ ०३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App