१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तलब नपाएपछि डोल्पाका स्वास्थ्यकर्मी आन्दोलनको तयारीमा

डोल्पा – डोल्पाको एक नगरपालिका अन्र्तगतका स्वास्थ्य केन्द्रहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूले आर्थिक वर्ष बितिसक्दा समेत पारिश्रमीक पाएका छैनन्।

त्रिपुरासुन्दरी नगरपालिका अन्र्तगतका पाँच ओटा स्वास्थ्य चौकीहरूमा कार्यरत स्थाइ कर्मचारीहरूले ०७४ चैत देखि ०७५ असार सम्मको पारिश्रमीक नपाएका हुन्।

त्रिपुरासुन्दरी नगरपालिका अन्र्तगतका स्वास्थ्य चौकीहरूका सह–संयोजक कृष्ण कार्कीले त्रिपुरासुन्दरी नगरपालिकाका पहाडा, लिकु, त्रिपुराकोट, फुल्चिङ्ग र सुँउ स्वास्थ्य चौकीहरूमा कार्यरत अहेब, अनमी र कास गरेर २७ जना स्थाइ कर्मचारीमध्ये केहिले जेठ देखि असारसम्मको र केहिले ०७४ चैत्र देखिकै पारिश्रमीक नपाएको बताए। 

पटक पटक स्वास्थ्य कर्मचारिको तलब निकासाको लागि नगरमा जाँदा माथिबाटै तलब आएको छैन हामी कसरी तलब दिउँ भन्ने गरेको कार्कीले बताए।

त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त कार्यकारी तथा नायव सुब्बा चन्द्रप्रकाश बुढथापाले सम्पुर्ण कर्मचारीको लागि ५४ लाख बराबरको माग गरि पठाएकोमा जम्मा १७ लाखमात्र निकासाको अख्तियारी आएकोले रकम अपुग भएकाले तलब खुवाउन नसकिएको बताए।

स्वास्थ्य चोकीहरूमा कार्यरत अस्थाई कर्मचारीहरूलाई आएको रकमले तलबभत्ता खुवाइयो तर अपुग तलबभत्ताको लागी झण्डै ३४ लाख रकम माग गरी पठाउँदा पनि अझै निकासाको अख्तियारी नआएको बुढथापाले बताए।

त्रिपुराकोट स्वास्थ्य चौकीका इन्चार्ज अहेब तुलबहादुर श्रेष्ठले आफूहरूले लामो समयसम्म तलबभत्ता नपाएको गुनासो गरे। यस्तै अवस्था रहे र भदौको अन्त्यमा आफूहरूले पाउनुपर्ने पारिश्रमीक नपाए स्वास्थ्य संस्थाहरू नै ठप्प पारेर आन्दोलनमा उत्रने तयारी भइरहेको श्रेष्ठले बताए।

 

प्रकाशित: १ भाद्र २०७५ १०:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App