१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बेन्टो दक्षिण कोरियाका नयाँ प्रशिक्षक

सियोल – दक्षिणको कोरियाको नयाँ प्रशिक्षकका रूपमा पोर्चुगलका पूर्वप्रशिक्षक पाउलो बेन्टो शुक्रबार नियुक्त हुने दक्षिण कोरियाली सञ्चारमाध्यमले बताएका छन्। 

पोर्चुगलको स्पोर्टिङ लिस्बनलाई चार वर्ष प्रशिक्षण गरेका बेन्टोले यसअघि २०१० मा राष्ट्रिय टोली सम्हालेका थिए । उनले पोर्चुगललाई २०१२ को युरो कपको सेमिफाइनलसम्मको यात्रा तय गराएका थिए । तर अल्बानियासँगको खेलमा पोर्चुगल पराजित भएपछि राष्ट्रिय टोलीको प्रशिक्षकबाट उनी बर्खास्त भएका थिए।

त्यसपछि बेन्टो चाइनिज सुपर लिग (सिएसएल) को क्लब चोङक्विङ लिफानमा गत वर्षको डिसेम्बरमा प्रशिक्षकका रूपमा नियुक्त भएका थिए । राम्रो गर्न नसकेको भन्दै सिएसएलले गत महिना उनलाई बर्खास्त गरेको थियो। 

‘बेन्टो नयाँ प्रशिक्षकका रूपमा नियुक्त हुँदै छन्,’ दक्षिण कोरियाका सञ्चारमाध्यमले कोरियाली फुटबल संघ (केएफए) लाई उद्धृत गर्दै समाचार सम्प्रेषण गरेका छन्।  

केएफएका प्रवक्ताले भने शुक्रबार नयाँ प्रशिक्षकको नाम सार्वजनिक गर्ने जनाएका छन् । पोर्चुगललाई ३५ खेल खेलाएका बेन्टो दक्षिण कोरियाका सिन ताइयोङसँगको सम्झौता समाप्त भएपछि नयाँ प्रशिक्षक नियुक्त हुन लागेका हुन्। 

२००२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको दक्षिण कोरिया रूस विश्वकपमा स्विडेन र मेक्सिकोसँग समूहचरणमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। 

 

प्रकाशित: १ भाद्र २०७५ ०३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App