१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पाटनमा पर्यटक शुल्क वृद्धि

ललितपुर-ललितपुर उप–महानगपालिकाले पाटन क्षेत्रमा पर्यटकसँग लिँदै आएको प्रवेश शुल्क वृद्धि गरी एक हजार रुपैयाँ पुर्यायाएको छ। यसअघि पाटन भ्रमणमा आउने पयर्टकसँग ७ सय ५० रुपैयाँ शुल्क लिँदै आएको उपमहानगरपालिकाले एकद्वार प्रणाली लागू गरी २ सय ५० रुपैयाँ शुल्क बढाएको हो ।
आगामी असोज १ गतेदेखि लागु हुने गरी शुल्क बढाउन लागिएको ललितपुर उप–महानगरपालकाका कार्यकारी अधिकृत भरतमणी पाण्डेले जानकारी दिए । उनले भने, ‘पाटन क्षेत्रमा प्रवेश गर्ने पयर्टकलाई पर्यटकीय स्थान अवलोकन गर्न धेरै झन्झट भएको पहिलाको शुल्क लिने तरीका पयर्टक ठगिएका गुनासाहरु आएका थिए, त्यसकारण हामीले पाटन सग्राहालय विकास समितिसँग आवश्यक सम्झौता गरी एकद्धार प्रणाली लागु गरेका हौँ ।’
उपमनपाले आइतबार पाटनमा एक कार्यक्रम गर्दै असोजदेखि शुल्क वृद्धि गर्ने जानकारी गराएको हो ।  शुल्क बढेसँगै अब पाटन क्षेत्रमा प्रवेश गर्ने सार्क राष्ट्रका पर्यटकले २ सय ५०, सार्क बाहेकका पर्यटकले हजार र  आन्तरीक पर्यटकबाट ३० रुपैयाँका दरले शुल्क उठाइने छ ।
पाटन क्षेत्रमा अवलोकन गर्नका लागि आउने पर्यटकका लागि विहान ७ बजेदेखि सात बजेसम्म टिकट काटिने र प्रवेश गराइने पाटन ललितपुर उपमहानगरका राजस्व शाखा प्रमुख डिल्लीराज शाक्यले जानकारी दिए । उनले ‘भुकम्पपछि पयर्टकको संख्यामा कमी आएको र पयर्टकीय क्षेत्रमा काम गर्नेको जीवनस्तर पनि खस्कँदै गएका कारण सबैको माग अनुसार शुल्क वृदि गरेका हौँ, उनले भने, ‘पयर्टकबाट उठाएको हजारमध्ये सात सय बच्ने र अन्य तीन सय सम्पदा मर्मत तथा प्रशासनिक खर्चमा प्रयोग गरिने छ ।’
त्यस्तै कार्यक्रममा बोल्दै संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव शम्भु प्रसाद अधिकारीले एकद्धार ढंगबाट शुल्क लिँदा पर्यटकलाई झन्झन्ट नहुने र राजस्व चुहावट पनि रोकिने भएका कारण यसले पर्यटक र नगरपालिका दुवैलाई फाइदा हुने बताए । उनले भने, ‘भुकम्प पश्चात पाटन क्षेत्रमा पर्यटकको कमी आएकोले उनीहरुरुलाई आर्कषण गर्ने खालका कार्यक्रम पनि ल्याउन आवश्यक छ ।’
उपमनपाले आयोजना गरेका कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी स्थानीय, प्रहरी प्रमुख तथा स्थानीय विकास मन्त्रालयका पदाधिकारी र स्थानीय टोलबासीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित: २९ भाद्र २०७३ ०३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App