१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

क्लार्कसनलाई खेल्न एनबिएको अनुमति

जकार्ता – फिलिपिनो मुलका अमेरिकी खेलाडी जोर्डन क्लार्कसनलाई जारी एसियाली खेलकुदमा फिलिपिन्सको बास्केटबल टिमबाट खेल्न एनबिएले स्विकृति दिएको छ। 

‘एनबिएले एक पटकका लागि जोर्डन क्लार्कसन र चीनका अरु दुई खेलाडीलाई एसियाली खेलकुद खेल्ने अनुमति दिएको छ,’ फिलिपिन्स बास्केटबल संघका अध्यष अल पान्लिलियोलाई उद्यृत गर्दै इएसपिएनले जनाएको छ। 

एनबिएका उपप्रमूख मार्क टाटुमले फोनबाट पान्लिलियोलाई क्लार्कसनले खेल्न पाउने निर्णय सुनाएका थिए । क्लेभल्यान्ड काभालियर्सका खेलाडी क्लार्कसनले कजाकस्तानविरुद्धको पहिलो खेल भने एनबिएको निर्णय कुर्ने क्रममा गुमाएका थिए। 

‘एसियाली खेलकुद खेल्न पाउनका लागि मलाई सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्न चाहन्छु । चाढै भेटौंला,’ क्लार्कसनले फिलिपिन्सका लागि खेल्न पाउने निर्णय भएपछि फेसबुक पेजमा लेखेका छन्। 

फिलिपिन्सकै समूहमा रहेको चीनको टोलीमा पनि एनबिएका दुई खेलाडी छन् । चीनको टोलीमा ह्युस्टन रकेटसका झाउ सी र डालास माभेरिक्सका डिङ यानिउहाङ छन्। 

फिलिपिन्स ओलम्पिक कमिटी (पिओसी)ले शनिबारको उदघाटन समारोहको मार्चपासमा झण्डा बोक्ने जिम्मेवारी क्लार्कसनलाई दिने भएको छ। 

एनबिएले सामान्यतया एसियाली खेलकुदका लागि खेलाडी रिलिज नगर्ने नीतिविपरित तीन खेलाडीलाई अनुमति दिनाको कारण असाधारण भएको बताएको छ। 

‘फिबा र एनबिएबीचको सम्झौताअनुसार ओलम्पिक, फिबा बास्केटबल विश्वकप, महादेशीय कपजस्ता प्रतियोगिता र तिनका छनोट खेलका लागि खेलाडीलाई अन्तर्राष्ट्रिय खेल खेल्न रिलिज गर्नुपर्ने व्यवस्था छ । तर त्यसमा एसियाली खेलकुद उल्लेख छैन।

एनबिएसँग सम्झौता भएका खेलाडीले एसियाली खेलकुद खेल्न पाउँदैनन्,’ एनबिएले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘तर एनबिए र चीन तथा फिलिपिन्सको बास्केटबल संघबीच सही ढंगमा प्रष्ट कुराकानी नभएका कारण समस्या आयो र एक पटकका लागि तीन खेलाडीलाई असाधारण रुपमा खेल्ने अनुमति दिइएको छ।’

 

प्रकाशित: ३१ श्रावण २०७५ ०३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App