१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वृद्ध भत्ताबाट कर असुली !

मुगु- जिल्लाको एक गाँउपालिकाले निर्धारण गरेको कर नउठ्लाकी भन्दै सामजिक सुरक्षा भत्ताबाट कटौती गर्ने गरेको पाइएको छ। मुगुम कार्मारोङ्ग गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने व्याक्तिहरुबाट रकम कटौति गरेर कर उठाउने गरेको पाईएको हो।

जिल्लाको चार स्थानीय तहमध्ये मुगुम कार्मारोङ्ग गाँउपालिकाले एकीकृत सम्पति कर निर्धारण गरी कर उठाउने योजना वडालाई सुम्पेको थियो। गाँउपालिकाले ९ वटै वडाका बृद्ध बृद्धा, अपाङ्ग, एकल महिला, र बालबालिकाको पोषण भत्ता बापतको सामाजिक सुरक्षा भत्ताबाट रकम कटौति गरेर कर उठाउने गरेको हो।

गाँउ विकास समितिले प्रति कित्ता दुई रुपैयाँका दरले बार्षिक कर उठाउने भए पनि अहिले प्रति कित्ता १५ रुपैयाँ तिर्नु पर्ने बाध्यता रहेको  छ।  भुमि कर बाहेक ब्यबसाय , पशु चौपाय, जडिबुटी संकलन तथा किन बेचमा समेत गाँउपालिकाले भारी कर निर्धारण गरे पछी अप्ठेरो भएको मुगुम कार्मारोङ्ग गाँउपालिका–२ का च्यावा तामाङ्गले बताए।

मुगुम कार्मारोङ्ग गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने व्याक्तिहरुबाट रकम कटौति गरेर कर उठाउने गरेको पाईएको हो।

गाँउपालिकाले निर्धारण गरेको कर स्थानीयले समयमा नर्तिने गरेको भन्दै वडाले प्रत्येक घरका सामजिक सुरक्षाभत्ता पाउने ब्यक्तिको रकमबाट कटौति गरेर कर उठाउने गरिएको  स्थानीय बताउँछन्। सामाजिक सुरक्षा भत्ताबाट कटौति गरेर कर उठाउन नपाउने भए पनी घर धुरी संख्या एकिन गर्नका लागी मात्र सामजिक सुरक्षा भत्ताबाट केही रकम कटौति गरेर कर उठाएको  भन्ने आफुलाई जानकारी भएको तर अब यस्तो नहुने मुगुम कार्माराङ्ग गाँउपालिकाका प्रमुख प्रसासकीय अधिकृत विकास रिजालले बताए।

साविकका गाविसलाई मालपोत कर तथा आफुँले संचालन गरेको ब्यवसायको कर बुझाउँदै आएका स्थानीयबासिहरुले  आफ्ना मातहतका स्थानीय तहले सबै स्थानीयबासीलाई एकीकृत करको दायरामा ल्याउन भन्दै पशु चौपाय देखि जडिबुटी संकलन गर्न सम्मका लागि कर तोकेका छन्।  मुगुम कार्मारोङ्ग गाँउपालिकाले आफ्नो गाँउपालिका भित्रका वन क्षेत्रमा यार्सागुम्बु संकलन गर्न गए बापत जिल्ला भित्रकालाई १ हजार पाँच सय र जिल्ला बाहिरकालाई २ हजार कर तोकेको छ भने अन्य जडिबुटीको प्रति केजी पाँच रुपैयाँ तोकेको छ। स्थानीले पाल्दै आएका प्रति पशु चौपाय,  ५ रुपैयाँका दरले घोडा खच्चर, याक,चौरीगाई झोवा, भेडा बाख्राको समेत कर बुझाउनु पर्ने छ।

स्थानीय तहले कर संकलनको वास्तविक पहिचान र क्षतिको अध्ययन समेत  नगरी एकीकृत कर निर्धारण गरेकाले स्थानीवासी तथा ब्यापारी मर्कामा परेको उधोग बाणिज्य संघ मुगुका अध्यक्ष कमल बुढाको भनाई छ। बुढाका अनुसार सामान्य चिया पसल गरि जिविकोपार्जन गर्ने ब्यक्तिले ३ हजार तिर्नु पर्ने छ भने अन्य ब्यापारीले बार्षिक २५ हजारसम्म तिर्नु पर्ने देखिन्छ।

रारा घुम्न आउने आन्तिरीक पर्यटकले ५० र बाह्य पर्यटकले १ सय रुपैयाँ नगरपालिकालाई कर तिर्नुपर्ने छ। स्थानीयवासिले सबै भन्दा बढी भुमि कर र मालपोत कर अन्त्रर्गतको छाँयानाथ रारा नगरपालिकाले चार किल्ला छुटयाउनका लागि १ हजार रुपैयाँ तोकेको छ भने अन्य तीन गाँउपालिकाले ७ सय तोकेका छन्। स्थानीले यो भन्दा अगाडि चार किल्ला छुटयाउन प्रति कित्ता १ सय रुपैयाँ तिर्दै आएको छाँयानाथ रारा नगरपालिका–१३ का गोपालबहादुर बुढाले बताए।  

तर करको दायरा अलि फराकिलो पार्दैमा सर्वसाधारण मर्कामा नपर्ने र नगरपालिकाले उठाएको कर विकासका लागि लगानी हुने भएकाले करको दायरा बढि भयो भन्दैमा आत्तिनु नपर्ने नगरपालिकाको भनाई छ।

 

 

प्रकाशित: ३० श्रावण २०७५ ११:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App