१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपाल इन डाटाको नयाँ पहल

काठमाडौं – विकास उद्यमीको नेपाल इन डाटा पोर्टलले आफ्नो वेभसाइडमा थप तथ्यांक विश्लेषण (स्मार्ट डाटा एनालाइसिस) गरी नयाँ सुविधा थप गरेको छ।

संघिय, प्रादेशिक तथा स्थानीय सरकार, जनप्रतिनिधि, नागरिक समाज, मिडिया, विकासका साझेदार, प्राज्ञिक समूह, बिद्यार्थी तथा अन्य प्रयोगकर्ता माझ तथ्यांक विश्लेषण र यसको प्रयोगलाई सहजता प्रदान गर्न तथ्यांक थपिएको सो पोर्टलले जनाएको छ।

सो पोर्टलले स्मार्ट डाटा एनालाइसिस टुलको प्रयोगबाट विभिन्न तथ्यांकहरु निःशुल्क विश्लेषण गरी ग्राफ, चार्ट तथा नम्बरको रुपमा तुरुन्तै नतिजा पाउन सकिने जनाएको छ । सो पोर्टलले दिएको जानकारी अनुसार प्रयोगकर्ताले चाहेको तह (नेपाल, प्रदेश तथा स्थानीय) सम्म विश्लेषण गर्न तथा आफ्नो तथ्यांकलाईसमेत अपलोड गरेर विश्लेषण गर्न सक्ने सुविधा थप गरेको छ।

यो पोर्टलमा सन १९५० भन्दा पछाडि नेपाल सरकार तथा यसका विभिन्न निकायहरुले वितरण गरेका विकासका सुचक तथा विभिन्न तथ्यांकहरु प्रयोगकर्ताले सहज तरिकाले पाउनेछन् । प्रयोगकर्ताले सो तथ्यांक निशुल्क प्रयोग गर्न समेत पाउनेछन् । नेपालको विभिन्न क्षेत्रलाई समेट्ने ३ हजार भन्दा बढी तथ्यांक तथा सुचकहरुलाई १३ वटा सेक्सनमा विभाजन गरी डाउनलोड गरेर प्रयोग गर्न मिल्ने गरि टेबल, ग्राफ, चार्ट तथा नक्शामा उपलब्ध छन्।

प्रकाशित: ३० श्रावण २०७५ ०१:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App