१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

युनाइटेडका विल्सन स्कटिस प्रिमियर लिगमा

लन्डन – स्कटिस प्रिमियर लिगको टोली एबेरडीनले एक सिजनका लागि लोन सम्झौतामा म्यानचेस्टर युनाइटेडका स्ट्राइकर जेम्स विल्सनलाई भित्र्याएको दुवै क्लबले सोमबार जनाएका छन्। 

युनाइटेडका लागि २० खेलमा चार गोल गरेका २२ वर्षे विल्सनले पछिल्ला दुई सिजन ब्राइटन, डर्बी र शेफिल्ड युनाइटेडमा लोनमा विताएका थिए। 

‘विल्सन चाढै हाम्रो टोलीको महत्वपूर्ण खेलाडी बन्नेमा म विश्वस्त छु । त्यसैले उनलाई एक सिजनका लागि लोनमा भित्रयाउन पाउँदा म अत्यन्तै खुसी छु,’ एबेरडीनका प्रशिक्षक डेरेक म्याकइनेसले भने, ‘उनी एउटा अत्यन्तै क्षमतावान खेलाडी हुन् । हाम्रो खेल्ने शैलीका लागि उनी उपयुक्त पात्र हुन । उनले पनि यो सरुवालाई एउटा सही अवसरका  रुपमा लिएका छन् । अरु क्लबहरु पनि उनलाई भित्रयाउन इच्छुक थिए । तर विल्सनको प्रतिभा निखार्न एबेरडीन उपयुक्त स्थान हुनेछ।’

पछिल्लो चार सिजनका उच्च गोलकर्ता एडम रुनी गत महिना पिटोड्रीबाट साल्फोर्ड सिटी लागेपछि म्याकइनेस नयाँ स्ट्राइकरको खोजीमा थिए । स्कटल्यान्डमा सरुवा बजार अगस्ट ३१ सम्म चल्ने भएकाले उनी त्यसको फाइदा उठाउन सफल भए । इङलिस प्रिमियर लिगमा खेलाडी भित्रयाउनका लागि गत साता नै सरुवा बजार बन्द भइसकेको थियो। 

बर्नलीसँग पराजित हुँदै युरोपा लिगबाट बाहिरिए पनि एबेरडीनले नयाँ सिजनको सुखद सुरुआत गरेको छ । स्कटिस प्रिमियर लिगअन्तर्गत सिजनको पहिलो खेलमा अन्तिम समयमा गोल गर्दै स्टेभन जेरार्डको रेन्जर्ससँग १–१ को बराबरी नतिजा निकाल्न सफल टोलीले शनिबार दोस्रो खेलमा डन्डीमाथि १–० को अवे जित हासिल गरेको थियो। 

 

प्रकाशित: ३० श्रावण २०७५ ००:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App