१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गाँजा सहित १ जना पक्राउ

गाँजा सहित पक्राउ परेका रामएकवाल मण्डल ।     तस्बिरः नागरिक

महोत्तरी – महोत्तरीमा गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ।  एकडारा गाउँपालिका १ बस्ने ५१ वर्षीय रामएकवाल मण्डललाई ६ किलो गाजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र बहादुर खड्काले बताएका छन्।

को ३ प ८४३५ नम्बरको मोटरसाइकलमा बर्दिवासबाट जलेश्वर आउने क्रममा मनरा सिस्वा नगरपालिका ६ सरपल्लो चौकबाट मण्डलाई पक्राउ गरिएको डिएसपी खड्काले बताए। सरपल्लो चौकमा डिउटीमा रहेका प्रहरीले शंका लागि मोटरसाइकल रोकेर चेक जाँज गर्दा झोला भित्र प्याकिङ्ग गरी राखिएको अवस्थामा ६ किलो गाँजा बरामद गरेको हो।  बरामद भएको गाँजा कहाँबाट ल्याएर कहाँ पुर्याउन लागिएको हो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

यसैबीच महोत्तरीको सिमावर्ती क्षेत्रबाट गाँजा तस्करीको क्रम नरोकिएको यस घटनाले पुष्टि गरेको छ। पटक पटक प्रहरीले गाँजा बरामद गर्दै आएको छ तर सिमावर्तीक्षेत्रमा खटिने प्रहरी पदाधिकारीहरूको मिलोमतोका कारण अझैपनि महोत्तरीको विभिन्न नाकाबाट गाँजा तस्करी कार्य रोकिन सकेको छैन्। 

गाँजा तस्करी नियन्त्रण गर्न लागि प्रहरी लागि परेको डिएसपी खड्काको भनाई छ। आफु आएदेखि नै अहिलेसम्म ठूलो सानो परिमाणमा गरी पटक पटक गाँजा बरामद गरिसकेको उनले बताए। 

प्रकाशित: २९ श्रावण २०७५ ०८:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App