१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हिलारी क्लिन्टनको क्यालिफोर्निया भ्रमण रद्द

लसएन्जलस– अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनकी उम्मेदवार हिलारी क्लिन्टनको क्यालिफोर्निया भ्रमण रद्द भएको छ।

वर्तमानमा, उनी अमेरिकी डेमोक्र्याटिक पार्टीको तर्फबाट प्रायः विजयको नजिक पुग्न लागेकी सशक्त महिला उम्मेदवारको रुपमा अमेरिकाभरी चर्र्चित छन्।

यसै वर्ष आयोजना हुने पार्टीको राष्ट्रिय समितिको सम्मेलनका लागि ठाउँ ठाउँबाट खर्च जुटाउने शृखलावद्ध कोष सङ्कलन कार्यक्रम र चुनावी प्रचारप्रसार अभियानको सिलसिलामा क्लिन्टनको क्यालिफोर्निया जाने योजना थियो।

गतः आइतबारदेखि उनलाई लामो खोकी, घाँटी दुख्ने समस्या र आलर्जिले गर्दा निमोनियाले ग्रस्त बनाएको कारण अन्तिम क्षणमा भ्रमण रद्द भएको सो अभियानका क्षेत्रिय निर्देशक मिर्यम लिप्परले जानकारी दिएका हुन्।

यद्यपी, यसबाट मङगलवार बिभर्लि हिल्समा आयोजना हुने कोष संकलनका दुईवटा कार्यक्रम नरोकिने र क्लिन्टनको अनुपस्थितिमै भए पनि कार्यक्रम सम्पन्न गरिने बताइएको छ।

गत २००१ सेप्टेम्बर ११ मा न्युयोर्कको ट्वीन टावरमा भएको आतङ्ककारी आक्रमणको स्मरण गर्न गत आइतबार आयोजित पन्ध्रौं वार्षिक श्रद्धान्जली सभामा ६८ वर्षीया क्लिन्टनले ९० मिनेट लामो वक्तव्य दिएकी थिइन्।

क्यालिफोर्नियामा आयोजना हुने कोष सङ्कलन अभियानमा अमेरिकाकी लोकप्रिय गायिका लायोनेल रिसिले साङ्गितिक कला प्रस्तुत गर्ने र कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई लन्च खुवाउने बन्दोबस्त गरिएको थियो।

कार्यक्रममा प्रवेश गर्न प्रतिव्यक्ति कम्तीमा पाँच हजार अमेरिकी डलर रकमको सहयोग गर्नुपर्ने टिकट दर तोकिएको थियो।

कार्यक्रमका आयोजकले जनाए अनुसार दश हजार अमेरिकी डलर सहयोग गर्ने व्यक्तिलाई सह(आयोजक (को(होस्ट)को दर्जाले सम्मान गरिने र दर्शकदीर्घाको अग्रपङक्तिमा बस्ने सुबिधा दिइने परिपाटी मिलाइएको थियो।

त्यस्तै, तेत्तीस हजार चारसय देखि पचास हजार अमेरिकी डलरसम्म सहयोग गर्ने व्यक्तिलाई दर्शकदीर्घाको अग्रपङक्तिमा बस्ने सुबिधा दिनुका साथै क्लिन्टनसँगै बसेर फोटो खिच्ने अवसरसमेत प्रदान गरिने व्यवस्था गरिएको थियो।

पार्टीको राष्ट्रिय समितिमा प्रतिव्यक्ति वार्षिक अधिकतम तेत्तीस हजार चारसय अमेरिकी डलरसम्म सहयोग गर्न सकिने परम्परा रही आएको छ। रासस/सिन्ह्वा

प्रकाशित: २८ भाद्र २०७३ ०७:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App