१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सम्पूर्ण तयारी पूरा भएको दाबी

जकार्ता – एसियाली खेलकुद सुरु हुन एक साता मात्र बाँकी रहँदा इन्डोनेसियाले आतंकवाद, सडक अपराध र जकार्ताको ट्राफिक जामको चिन्ताबाट माथि उठ्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

अगस्ट १८ बाट सेप्टेम्बर २ सम्म चल्ने ओलम्पिकपछि विश्वको दोस्रो ठूलो खेलकुद महोत्सवमा जकार्ता र पालेवाङले ४५ एसियाली राष्ट्रका ११ हजार खेलाडी र ५ हजार पदाधिकारीलाई आतिथ्य प्रदान गर्नेछ।

प्रतियोगिताको आयोजनाबाट भियतनाम पछि हटेपछि आजोजक बनेको इन्डोनेसियाले अघिल्ला आयोजकका तुलनामा तयारीका लागि कम समय पाएको थियो । यद्यपि इन्डोनेसियाका अधिकारीहरुले भने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएका छन्।

‘अहिलेसम्म तयारीमा कुनै समस्या आएको छैन र हामी कुनै समस्या आए त्यसको तत्काल समाधान गर्न सक्षम छौं,’ आयोजक कमिटीका प्रमुख इरिक थोबिरले भने। थोबिरले आगामी शनिबार जकार्तामा हुने उद्घाटन समारोहका लागि ७० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेको बताएका छन्।

प्रतियोगिताको आयोजनाबाट भियतनाम पछि हटेपछि आजोजक बनेको इन्डोनेसियाले अघिल्ला आयोजकका तुलनामा तयारीका लागि कम समय पाएको थियो।

जकार्ताको ट्राफिक जामका कारण प्रतियोगितामा असर पर्न सक्ने शंका भइरहँदा आयोजकले प्रतियोगिताका दौरान जोर– बिजोर गरी सवारीसाधन सञ्चालन गर्ने सम्पूर्ण तयारी भइसकेको बताएका छन् । प्रतियोगिता सहभागी हुने खेलाडी र पदाधिकारीलाई खेलस्थलसम्म आवतजावत गर्नका लागि छुट्टै लेन तयार पारिएको आयोजकले जनाएको छ।

इन्डोनेसियाले २०११ मा आयोजना गरेको सी गेम्स नै उनीहरूले अहिलेसम्म आयोजन गरेको सबैभन्दा ठूलो खेलमहोत्सव हो । जकार्तामा सम्पन्न उक्त प्रतियोगिताअन्तर्गत फुटबलको फाइनलमा मैदानमा भागदौड हुँदा २ जना दर्शकको मृत्यु भएको थियो।

इन्डोनेसियाले प्रतियोगितालाई सुरक्षित र व्यवस्थित बनाउन जकार्ता र पालेवाङभरि ४० हजार सुरक्षाकर्मी खटाउने जनाएको छ । गत मेमा इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबायामा आतंककारी हमला हुँदा १३ जनाको मृत्यु भएको थियो। एसियाली खेलकुदमा नेपालकातर्फबाट २९ खेलमा १ सय ८५ खेलाडीले सहभागीता जनाउदैछन्।

प्रकाशित: २७ श्रावण २०७५ ०४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App