१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

क्रिस्टल प्यालेसमा हड्सनको समय थप

लन्डन – इङ्लिस प्रिमियर लिगको टोली क्रिस्टल प्यालेसका प्रशिक्षक रोय हड्सनले क्लबसँगको सम्झौता एक वर्ष थप गरेका छन् । नयाँ सम्झौतापछि हडसन २०२० सम्म प्यालेसमा रहनेछन्।

हड्सनले गत वर्ष सेम्टेम्बरदेखि प्यालेसको प्रशिक्षण सम्हालेका थिए । क्लबले लगातार ४ खेल गुमाएपछि तत्कालीन प्रशिक्षक फ्रांक डी बोयर बर्खास्तीमा परेपछि हड्सन ३ वर्षका लागि प्रशिक्षकमा नियुक्त भएका थिए । उनको प्रशिक्षणमा प्यालेसले गत सिजन ११ औं स्थानमा बस्दै सिजनको अन्त्य गरेको थियो।

‘म प्यालेससँगको सम्झौता लम्ब्याउन पाउँदा खुसी छु,’ हड्सनले भने, ‘हामीले गत सिजन खराब सुरुआतपछि पनि ११आैं स्थानमा रहँदै सिजनको अत्य गरेका थियोैं । यस सिजनमा हामी थप सुधारिएको प्रदर्शन गर्न आतुर छौं।’

प्रकाशित: २७ श्रावण २०७५ ०३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App