डा. केसीका माग पूरा गराउन सरकारले प्रक्रिया थाल्यो, ऐन नबनेसम्म नयाँ कलेजलाई सम्बन्धन नदिने

मङ्गलबार, २८ भदौ २०७३, १० : ११ दीपक दाहाल  | @DeepakDahal1

काठमाडौं- डाक्टर गोविन्द केसीका माग पूरा गराउन सरकारले प्रक्रिया थाल्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले केसीसँग सहमति गरिएका मागहरु पूरा गर्न प्रक्रिया थाल्ने निर्णय गरेको स्वास्थ्यमन्त्री गगन थापाले जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहालसहित शिक्षामन्त्री डिआर पौडेल, स्वास्थ्यमन्त्री गगन थापा, टियुका पूर्वउपकुलपति केदारभक्त माथेमा, पूर्वमन्त्री निलाम्बर आचार्य र पूर्व मुख्यसचिव लीलामणि पडौल सम्मिलित बैठकले मनमोहन विधेयक तत्काल फिर्ता गर्न पक्रिया अगाडि बढाउने निर्णय गरेको छ। साथै मनमोहनलाई वीर अस्पतालका लागि किनिदिन पनि प्रक्रिया अगाडि बढाइनेछ।

त्यस्तै संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा डा. केसीले उठाएका माग सम्बोधन हुनेगरी संसोधन प्रक्रिया अगाडि बढाउने निर्णय पनि बैठकले गरेको छ। उक्त विधेयक कार्यसूचीमा राखेर संसोधन प्रक्रिया अगाडि बढाइने बताइएको छ। 

त्यस्तै आइओएममा रिक्त डीन नियुक्ति प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ। नयाँ ऐन नबनेसम्म नयाँ कलेजलाई सम्बन्धन नदिने पनि बैठकले निर्णय गरेको छ। त्यस्तै सातै प्रदेशमा एक महिनाभित्र मेडिकल कलेजका लागि शिलान्यास गर्ने निर्णय बैठकले गरेको छ।

आफूसँग सहमति गरिएका माग पूरा नगरे नवौं अनशन बस्ने चेतावनी डा. केसीले दिइसकेका छन्। माग पूरा नगरे असोज ३ गते अनशन बस्ने चेतावनी डा केसीले दिएका थिए।







यसमा तपाईको मत

अन्य समाचार

“पल्सर डेयर भेन्चर ४” शुरु (भिडियो)

“पल्सर डेयर भेन्चर ४” शुरु (भिडियो)

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट  लिएर आएको...

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकले ग्राहकलाई प्रभावकारी सेवा दिने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाललाई उक्त सुविधा हात्तीसार शाखामा...

नेपालगन्जमा एनसेल सेन्टर

नेपालगन्जमा एनसेल सेन्टर

एनसेल प्राइभेट लिमिटेडले ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै नेपालगन्जको पुष्पलाल चोकमा बिहीबार नयाँ सुविधासम्पन्न नयाँ एनसेल सेन्टर सञ्चालन...

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

लक्ष्मी कमर्सियल भेहिकल प्रालिले एउटै छानामुनि सर्भिस सेन्टर र ग्लोबल सिरिजको ट्रक र ट्रिपरको नयाँ विश्वव्यापी शृंखला बजारमा ल्याएको छ...

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस मेसिन हस्तान्तरण गरेको छ । ...

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

ट्रेड डेभलपमेन्ट ब्युरो अफ मिनिस्ट्री अफ कमर्स अफ पिआर चाइना तथा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको...

भक्तपुरमा बाजेको सेकुवा

भक्तपुरमा बाजेको सेकुवा

मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरमा शाखा विस्तार गरेको छ । ...

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले विश्व बाल दिवसको अवसरमा ललितपुरको धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ थान ब्ल्यांकेट सहयोग गरेको...

Ncell Footer Ad