१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पुरानै टिममा टोटेनह्यामको विश्वास

न्युक्यासल – इङ्लिस प्रिमियर लिगको टोली टोटनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिन्होले सरुवा बजारमा चासो नदेखाएकोमा व्यवस्थापनप्रति असन्तुष्टी जनाए पनि क्लबको वास्तविक परीक्षण नयाँ सिजनको सुरुआतपछि मात्र थाहा हुने बताएका छन्।  

बिहीबार समाप्त भएको सरुवा बजारबाट उत्तरी लन्डनको क्लबले नयाँ सिजनका लागि कुनै पनि नयाँ खेलाडीलाई अनुबन्ध गरेन् । प्रिमियर लिगको इतिहासमै कुनै पनि नयाँ खेलाडी अनुबन्ध नगर्ने टोटेनह्याम पहिलो टिम बनेको छ।  

नयाँ खेलाडी अनुबन्ध नगरेपछि पोचेटिन्होले गत सिजन तेस्रो हुँदै लिगको अन्त्य गरेको टोलीबाटै सफल नतिजाको प्रयास गर्नुपर्नेछ । आइतबार टोटनह्यामले न्युक्यासलको घरेलु मैदानमा खेल्दै प्रिमियर लिगको सुरुआत गर्दैछ । पहिलो खेलमा पोचेटिन्होले विश्वकपको सेमिफाइनल खेलेका ९ खेलाडीलाई मैदान उत्रर्ने निर्णय गर्नु पर्नेछ।

क्लबका अध्यक्ष ड्यानियल लिभेसले पोचेटिन्होलाई नयाँ खेलाडी दिन नसके पनि पुनःनिर्मित ह्वाइट हार्ट लेन रंगाशाला उपलब्ध गराएका छौं । गत सिजन टोटनह्यामले वेम्बलीलाई घरेलु मैदानका रुपमा प्रयोग गरेको थियो। 

‘टोटनह्यामले नयाँ सिजनका लागि कुनै पनि खेलाडी अनुबन्ध नगरेको कुरा बुझ्न समर्थकलाई गाह्रो छ । तर फुटबलमा कहिलेकाँही फरक काम गर्न आवश्यक छ,’ न्युक्यासलसँग खेल्ने सेन्ट जेम्स पार्कको भ्रमण गर्नुअघि पोचेटिन्होले भने, ‘हामी हाम्रो टोलीसँग खुसी छाैं। त्यस्तो अवस्थामा टोलीलाई सँगै राख्दा उचित हुन्छ।’

रुसमा सम्पन्न विश्वकपमा गोल्डेन बुट प्राप्त इङ्ल्यान्डका स्ट्राइकर ह्यारी केनको सम्झौता नवीकरणसँगै नयाँ सिजनमा पनि राम्रो प्रदर्शन गर्नेमा पोचेटिन्होको विश्वास केही बढेको छ।

नयाँ सिजनका लागि च्याम्पियन विजेता म्यानचेस्टर सिटी तथा लिभरपुलले नयाँ खेलाडी अनुबन्ध गर्नमा ठूलो रकम खर्चँदा टोटनह्यामले भने गत सिजन जस्तै संघर्ष गर्नु पर्ने भएको छ। 

अघिल्लो सिजन पनि न्युक्यासलसँग खेल्दै प्रिमियर लिगको सुरुआत गर्दा टोटनह्यामले डेले अली र बेन डेभिसको गोलमा जित हात पारेको थियो। 

 

प्रकाशित: २६ श्रावण २०७५ ०३:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App