२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सुन काण्ड बारे नयाँ टीमले थप अनुसन्धान गर्छ : गृहमन्त्री थापा

चितवन – गृहमन्त्री रामबहादुर थापाले सुन काण्डका बारेमा नयाँ टीमले थप अनुसन्धान गर्ने बताएका छन्। शुक्रबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री थापाले भने ‘प्रशासनको सरुवा नियमित कार्यक्रम भएकाले पुराना केही कर्मचारी सरूवा भएका र अब नयाँ आउने टीमले थप अनुसन्धान थाल्नेछन्।’

‘एक हदसम्म छानबिन टुङ्गिएको छ’,  उनले भने, ‘केही काम बाँकी छ, त्यो कामलाई अर्को टीमले अघि बढाउँछ।’

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’लाई पक्राउ गरिएको विषयमा बेल्दै थापाले गैरकानुनी क्रियाकलापमा संलग्न रहेकाले उनलार्इ पक्राउ गरिएके बताए।  उनले भने, ‘मन्त्रालयको काम कानुनको पालना गराउने  भएकाले प्रकाण्ड चन्दा आतंक र ध्वसांत्मक गतिविधीमा संलग्न थिए त्यसैले पक्राउ गरियो। ‘कानुन र विधीलाई उलंघन गर्ने अपराधी हुन्, अपराधीलाई नियन्त्रण गर्ने काम सरकारको हो।’

वर्तमान सरकारले जनताले सुम्पेको जिम्मेवारीलाई गम्भिरतापूर्वक पुरा गरिरहेको थापाकाे दावी छ। सुशासनको क्षेत्रमा उलेख्य काम गर्नुका साथै सिण्डीकेट अन्त्य गरेर देशमा शान्ति र स्थायित्वमा वर्तमान सरकारले कदम चालेकाले विगतमा हुँदै आएको घटनाहरुमा कमी आएको बताए।

प्रकाशित: २५ श्रावण २०७५ ०५:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App