१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

स्टोक्सबिनाको इङ्लिस टोली

लन्डन – दोस्रो टेस्टमा बिहीबार लर्ड्समा भारतको सामना गर्दा इङ्ल्यान्ड तीव्र गतिका बलर बेन स्टोक्सबिना मैदान उत्रनेछ । त्यस्तै पहिलो टेस्ट नियन्त्रणमा राखे पनि घरेलु टोलीलाई नतिजा सुम्पिएको भारतले पनि टोलीमा केही खेलाडी परिवर्तन गर्र्ने अनुमान गरिएको छ।

गत साता इडगावास्टनमा ३१ रनको जित हात पार्दै इङ्ल्यान्डलाई पाँच टेस्टको शृंंखलामा १–० को अग्रता दिलाउन महत्वपूर्ण भूमिका खेलका स्टोक्स अदालतमा हुने सुनुवाइका कारण दोस्रो टेस्टमा टोलीमा हुने छैनन् । गत वर्ष भएको एक आपराधिक घटनामा संलग्न  भएको आरोप खेपिरहेका स्टोक्समाथिको सुनुवाइ सोमबारबाट सुरु भएको थियो।

इङ्ल्यान्ड क्रिकेट बोर्ड (इसिबी) ले उनको स्थानमा क्रिस अ‍ेक्सलाई समावेश गरेको छ भने डेभिड मालनको स्थानमा ओइली पोपलाई टोलीमा पहिलो पटक अवसर दिइएको छ । त्यस्तै पहिलो टेस्टमा आराम दिइएका स्पिनर मोइन अलीलाई पनि समावेश गरिने बताइएको छ।

पहिलो टेस्टमा दुवै टोलीले दुवै इनिङमा ३ सय रन कटाउन सकेका थिएनन् । इङ्ल्यान्डले पहिलो इनिङमा २ सय ८७ रन जोड्दा भारतले २ सय ७४ रन मात्र जोडेको थियो । त्यस्तै दोस्रो इनिङमा इङ्ल्यान्डले १ सय ८० रन जोड्दा भारतले १ सय ६२ रन मात्र जोड्न सकेको थियो।

‘दुवै टोलीको ब्याटिङका बारेमा धेरै आलोचना भएका छन् तर बलिङ पक्ष विशेष गरी तीव्र गतिका बलरको प्रदर्शन तारिफयोग्य छ।’

रुटले कप्तानको जिम्मेवारी सम्हालेपछि खेलिएका १७ टेस्टमा इङ्ल्यान्ड पहिलो इनिङमा सात पटक ३ सयभन्दा कम रनको योगफलमा खुम्चिएको छ भने दोस्रो इनिङमा नौ पटक २ सय ५० भन्दा कमको योगफलमा सीमित भएको छ । पहिलो इनिङमा ८० रन जोडेका रुटले ब्याटिङमा देखिएको समस्या समाधान नगरिए टेस्ट शृंखला गुमाउने खतरा रहेको बताए ।

‘दुवै टोलीको ब्याटिङका बारेमा धेरै आलोचना भएका छन् तर बलिङ पक्ष विशेष गरी तीव्र गतिका बलरको प्रदर्शन तारिफयोग्य छ,’ रुटले भने । भारतका कप्तान विराट कोहलीले इङ्ल्यान्डमा पहिलो शतक पूरा गर्ने क्रममा पहिलो इनिङमा १ सय ४९ र दोस्रो इनिङमा ५१ रन जोडे पनि टोलीको जित भने पक्का गर्न सकेका थिएनन्।

भारतले पनि रन बनाउन संघर्ष गरिरहेका ओपनर शिखर धवनको स्थानमा केएल राहुललाई चेतेश्वर पूजाराको ओपनिङ जोडीको रूपमा खेलाउने अनुमान गरिएको छ । त्यस्तै स्पिनर रवीन्द्र जडेजा र रविचन्द्रन आश्विनका साथै तेस्रा स्पिनर कुलदीप यादवले टोलीमा स्थान बनाए अलराउन्डर हार्दिक पाण्डेय भने टोलीबाट बाहिरिनेछन्।

‘तीन स्पिनरलाई खेलाउनु राम्रो विकल्प हुन सक्छ,’ भारतका बलिङ प्रशिक्षक भरत अरुणले भने, ‘तर त्यसका लागि कुन खेलाडीलाई आराम दिने भन्नेबारे निर्णय गर्न भने कठिन छ । अरुणले पहिलो टेस्ट गुमाएका तीव्र गतिका बलर जसप्रित बुमरा दोस्रो टेस्टमा पनि अनुपस्थित रहने बताए । जुनमा आयरल्यान्डविरुद्ध भएको ट्वान्टी–२० खेलमा उनको बूढी औंलामा चोट लागेको थियो।

‘हामी पिचको अवस्था हेरेर टोली छनोट गर्छैं,’ अरुणले थपे, ‘पहिलो टेस्टको जस्तै पिच ब्याट्सम्यानका लागि फाइदा नपुग्ने देखिएमा हामी पाँच बलर खेलाउनेछाैं।’

प्रकाशित: २४ श्रावण २०७५ ०३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App