१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रमुख प्रतिपक्ष दलबाट कमजोरी भएको छः मन्त्री खरेल

काठमाडौं–  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले भूकम्पपीडितको आवास निर्माण गर्न रकम उपलब्ध गराउने विषयमा कुनै राजनीति नभएको स्पष्ट पारेका छन्।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको राजनीतिक आस्थाका आधारमा रकम प्राप्त गर्ने सूची तयार पारेको आरोप लगाउँदै संसद्को आजको बैठक अवरोध तुल्याएपछि मन्त्री खरेलले उक्त प्रतिक्रिया दिए।

उनले भने, “संविधानअनुरुप संसद्को बर्खे अधिवेशन समयमै चल्दैछ, जनताले आशा र अपेक्षा गरेअनुसार बजेट पेस भई त्यसमाथिको विनियोजन छलफल भइरहेको छ, अधिवेशनलाई गम्भीरतापूर्वक लिने मामिलामा प्रतिपक्षबाट कमजोरी भएको छ।"

राहत र पुनःनिमाणसम्बन्धी आवश्यक तथ्य र तथ्याङ्क सङ्कलनपछि भोलिसम्ममा सरकारले सदनमा जानकारी दिने बताउँदै उनले भने, “पुनःनिर्माणको काममा राजनीतीकरण भएको छैन, राजनीतीकरण गर्न आवश्यकता पनि छैन। रासस

प्रकाशित: ९ असार २०७३ ११:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App