१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

चेल्सी स्वान्सी सिटीसँग बराबरीमा रोकियो

लण्डन –इङलिस प्रिमियर लिग अन्र्तगत आइतबार राति सम्पन्न खेलमा चेल्सी स्वान्सी सिटीसँग बराबरीमा रोकिएको छ। आइतबार सम्पन्न खेलमा चेल्सी स्वान्सी सिटीसँग २–२ गोलको बराबरीमा रोकिएको हो । खेलमा अग्रता भने चेल्सीले लिएको थियो। खेलको १८ औं मिनेटमा चेल्सीका डिएगो कोस्टाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। 

पहिलो हाफमा चेल्सीले १–० गोलको अग्रता लिएको थियो । तर खेलको ५९ औं मिनेटमा चेस्सीका गोलरक्षक कोर्टियोले स्वान्सीका मिडफिल्डर सुगुर्डसनलाई पेनाल्टी बक्समा लडाएपछि स्वान्सीले पेनाल्टीको अवसर पाएको थियो। उक्त पेनान्टीलाई गोलमा परिणत गर्दै सुगुर्डसनले खेल १–१ गोलको बराबरीमा ल्याएका थिए। 

खेलको ६२ औं मिनेटमा गोल गर्दै फिरले स्वान्सीलाई २–१ को अग्रता दिलाएका थिए। तर खेल सकिन ९ मिनेट बाँकी रहँदा कोस्टाले उत्कृष्ट एक्रोब्याटिक सटमा गोल गर्दै टोलीको उद्धार गरेका थिए । लिगमा चार खेल सकिँदा चेल्सी १० अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहँदा  म्यानचेस्टर सिटी १२ अंक सहित सहित अंकतालिकाको शीर्ष स्थानमा रहेको छ।

 

प्रकाशित: २७ भाद्र २०७३ ०७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App