१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

काठमाडौँका मेयरको कछुवागति

काठमाडौँनेपालको राजधानी हो । त्यसैले यहाँ अन्य क्षेत्रको तुलनामा शिक्षित व्यक्ति बसोवास गर्दै आएका छन् । इतिहासलाई हेर्दा कुनै पनि विषयमा यहाँका जनताले बोल्ने बोली, लेख्ने लेख र कुनै घटनाप्रति देखाउने प्रतिक्रियाले गहिरो प्रभाव पार्दै आएको छ । त्यसैका आधारमा देशका अन्य भूभागमा धारणा बन्दै जान्छ । अर्थात काठमाडौँको प्रतिक्रिया जुनखालको हुन्छ, काठमाडौँ बाहिर पनि त्यस्तैखालको सन्देश प्रवाह हुने गर्छ । त्यो पनि तीव्र गतिमा ।त्यसैले देशका सबै क्षेत्रमा प्रभाव पार्ने भनेको काठमाडौँमा हुनुे गतिविधि र बोलिने बोलीले नै हो । यद्यपि नेपाल ७७ जिल्लामा विभाजन भएको छ, राज्यका हिसावले सबै क्षेत्रको आआफ्नो महत्व छ तर पनि ती क्षेत्रमा हुने गरेका बहस रभएकाघटनाले काठमाडौँलाई प्रभाव पार्न समय लाग्छ । यो विगतदेखिकै तीतो अनुभव हो।

यतिबेलाकाठमाडौँ महानगरको नेतृत्व नेकपाको पक्षबाट विजयी विद्यासुन्दर शाक्यको काँधमा छ ।अनि केन्द्रीय सरकारको नेतृत्व पनि त्यही पार्टीका अध्यक्षले गरिरहेका छन् । यो अवसर पाउनु दुवैका लागि खुसीको विषयसमेत हो । मुलुकमा केन्द्रीकृत शासन रहेका बेला सरकार र महानगरको नेतृत्व फरकफरक विचार राख्ने व्यक्तिले गर्दा काम गर्ने क्रममा अप्ठ्यारो पर्ने गथ्र्यो ।पछिल्लो समय संघीयताका कारण काम गर्ने सवालमासबै स्वतन्त्र छन् । स्थानीय तहमा देखिएका समस्या समाधान गर्न सक्ने अधिकार पाएका छन् ।त्यसमाथि आफ्नै पार्टीले केन्द्रको शासन सम्हाल्नु उनका लागि उपयुक्त वातावरण बन्नु पनि हो।

काठमाडौँबाहिरका महानगरले काम नगर्दा त्यहाका मेयरलाई काम गर्न आवश्यक सुझाव दिने, दबाब दिने, त्योभन्दा अगाडि बढेर गाली गर्नेे वा के गर्ने हो त्यो गर्छन् । तिनले केन्द्रको सरकारलाई गाली गर्दैनन् । तर काठमाडौँको हकमा त्यसो हुँदैन । यहाँ हुने राम्रा÷नराम्रा सबै काम प्रत्यक्ष सरकारसँग जोडिन्छ । दशकौँदेखि काठमाडौँका बाटा वर्षाको समयमा हिलाम्मे र हिउँदमा धुलाम्मे छन् । यसबाट नागरिकले ठूलो सास्ती बेहोर्दे आएका छन् । आमनागरिक छिटोभन्दा छिटो यस्ता समस्याको निराकरण होस् भन्ने चाहिरहेका छन् । तर वर्षौँ हुँदामेयरको ध्यान यता जानै सकेन ।
प्रधानमन्त्री केपी ओली दिगो विकाससहितको भिजन लिएर अघि बढेको दाबी गरिरहेका छन् ।तर काठमाडौँका मेयरको गति भने ओलीको भिजनभन्दा निकै पछि छ । यहाँका मेयर शाक्यकै कारण रेल र पानीजहाज चलाउने, घर–घरमा ग्यासका पाइप पु-याउनेजस्ताप्रधानमन्त्रीका योजना हाँस्यव्यंग्यको पाटो बनिरहेको छ। हुन पनि शाक्यलेआफू मेयरको उम्मेदवार भएपछि सय दिनमा १०१ काम गर्ने प्रतिबद्धतापत्र जारी गरेका थिए । त्यसबाट पनि काठमाडौँका जनताले निकै आशा गरेका थिए ।तर उनले आफ्नै प्रतिबद्धताअनुरूप काम गर्न सकेनन् । जसका कारण उनी स्वयम् र उनको पार्टी त बदनाम भएको छ नै, साथै सरकार र सरकार प्रमुखसमेत हँसाइको पात्र बन्न पुगेका छन्।

पार्टीले विद्यासुन्दर शाक्यलाई काठमाडौँको मेयर बनाए महानगरलाई नमुना सहर बनाउन सकिने सोचेको थियो शायद। किनकि काठमाडौँको मेयरमा टिकट पाउने कुरा सामान्य विषय थिएन । त्यसैलेकार्यकर्ता, शुभेच्छुक एवं आमनागरिकअहोरात्र खटेर उनलाई जिताए पनि ।तर विडम्बना, उनी मेयर भएपछि के/कस्ता काम गर्दैछन् भनी निगरानी राख्ने कुरामा पार्टी चुक्यो । उनको कार्यशैलीका कारण जनता पूरै निरास बनिसकेकावास्तविकताबाट पनि उनको दल टाढै छ जस्तो लाग्छ । त्यसैले अब पनि काठमाडौँका मेयरले नगरबासीलाई ‘ग्रिन सिग्नल’ देखाउन सकेनन् भने उनको र उनको पार्टीको त साख गिर्छ नै, साथै सिंगो सरकारको साखलाई पनि यसले आफूसँगै सती लैजानेमा शंका छैन । बेलैमा चेतना भया।

उपप्रा, आरआर क्याम्पस

प्रकाशित: २० श्रावण २०७५ ०२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App