अफगानिस्तानमा आत्मघाती दुई हमला, ३५ को मृत्यु ७० घाइते

शनिबार, १९ साउन २०७५, ०९ : १० एजेन्सी

गार्डेज - अफगानिस्तानको पूर्वी सहर गार्डेजमा भएका आत्मघाती हमलामा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ।

गार्डेजमा रहेको मस्जीदमा शुक्रबार लगातार भएका दुई छुट्टा छुट्टै आक्रमणमा परी कम्तीमा अन्य ७० जना घाइते भएका छन् ।स्थानीय समय अनुसार शुक्रबार दिउँसो साढे एक बजेतिर मस्जीदमा प्रार्थना भइरहेका बेला घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनामा परी आक्रमणकारीतर्फका दुई जना पनि मारिएका छन् । प्रान्तीय स्वास्थ्य विभागका प्रमुख डा। वालायात अहमाड्जीले कम्तीमा ३५ जनाको मृत्यु र ७० जना घाइते भएको बताउनु भएको छ ।घटनामा घाइते भएका मध्ये केहीलाई उपचारका लागि सैनिक अस्पतालमा लगिएको अधिकारीहरुले जानकारी दिएका छन्।

विभागीय प्रमुख अहमाड्जीका अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या बढ्न सक्ने सम्भावना छ ।घटनापछि सुरक्षाकर्मीलाई घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएका छन् भने सुरक्षा सतर्कता पनि बढाएका छन् । विस्फोटनबाट मस्जीदमा पनि क्षति पुगेको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन्।

घटनाका बारेमा अहिले सम्म कसैले पनि जिम्मेवारी नलिएको बताइएको छ । अफगानिस्तानमा हुने यस्ता आक्रमणहरु इस्लामिक स्टेट (आइएस)का लडाकूहरुले  गराउने गरेकाे पाइएकाे छ।रासस








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad