१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्वकप २०३० इङ्ल्यान्डले दाबी गर्ने

म्यानचेस्टर – इङ्ल्यान्ड फुटबल संघ (एफए) ले २०३० विश्वकप आयोजनाको दाबी गर्नका लागि अध्ययन गरिरहेको बुधबार जनाएको छ। 

प्रतियोगिता आयोजनाका लागि सम्भावित अध्ययन भइरहेको अध्यक्ष जर्ज क्लार्कले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि १९६६ मा विश्वकप आयोजना गरेको इङ्ल्यान्डले २०१८ को संस्करण आयोजनाका लागि दाबी गरे पनि सफल भएको थिएन।  

‘अघिल्लो महिना एफएले युरोपियन क्षेत्रको सम्भावित प्रतिनिधिका रूपमा २०३० को विश्वकप आयोजनाका लागि अध्ययन अघि बढाउने निर्णय गरेको छ’ क्लार्कले भने, ‘नयाँ सिजन सुरु हुनुपूर्व यो बहस चलिरहन्छ र २०१९ सम्म पनि यसको निर्णय लिइने छैन।’

२०३० को विश्वकप अयोजनाका लागि दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना, उरुग्वे र पाराग्वेले दाबी गर्ने यसअघि नै घोषणा गरिसकेका छन्। दक्षिण अमेरिकी अधिकारीहरूले २०३० को संस्करणका लागि इङ्ल्यान्डले ब्रिटेनका अन्य राष्ट्रसँगको सहकार्यमा आयोजनाका लागि दाबी गर्न सक्ने बताउँदै आएका छन्। 

एफएले आयोजनाका लागि सीधै सहकार्यको प्रस्ताव गर्ने कुनै संकेत गरेको छैन तर विश्वकपमा सहभागी हुने टोलीको संख्या ४८ हुने भएकाले संयुक्त आयोजना प्रस्तावको अनुमान गरिएको छ। फिफाले यसअघि नै २०२६ को विश्वकपबाट ४८ टिमले सहभागिता निर्णय गरिसकेको छ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा २०२६ को विश्वकप आयोजना गर्नेछन्।

उत्त बैठक लगत्तैै फिफाका लागि एफए प्रतिनिधि डेविड गिलले २०३० को  विश्वकप आयोजना दाबी गर्ने सम्भावना बढी भएको बतएका थिए। क्लार्कले एफएका पूर्वअध्यक्ष डेविड ट्राइसम्यानले फिफाले कतार विश्वकप २०२२ को अधिकार खोसेको खण्डमा आयोजनाको दाबी गर्ने सुझाव दिए पनि आपूmहरू त्यसको पक्षमा नरहेको बताए।

‘फिफाले २०२२ को संस्करण आयोजनाका लागि कतारलाई अनुमति दिएको हो र उनीहरुविरुद्ध केकस्तो अध्ययन गर्ने हो, त्यो पनि फिकाकै अधिकार हो,’ क्लार्कले भने, ‘रूसले २०१८ को विश्वकप सफल आयोजना गर्दै आफूलाई प्रमाणित गरिसक्यो । हामी चक्रीय प्रणालीमा विश्वकप आयोजना गर्ने मौका सबैले पाउनुपर्छ भन्ने पक्षमा छाैं।’

 

प्रकाशित: १८ श्रावण २०७५ ०५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App