२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नेपाल–भारत सीमास्तम्भ पुनर्निमाण

दाङ–तीन वर्ष अघिदेखि थालिएको नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनर्निर्माण सकिएको छ। नेपाल र भारतको संयुक्त टोलीले ती सीमास्तम्भ पुनःनिर्माणको काम शुरु गरेको थियो।

इँटा र सिमेन्टले बनाइएका सीमास्तम्भ भत्किन थालेपछि दुवै देशको सहमतिमा पुनर्निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए। ‘अब पाँचवटा सीमास्तम्भ पुनर्निर्माण गर्न बाँकी छ,’ उनले भने। नेपाल र भारतको सहमतिमा नेपालतर्फ बिजोर तथा भारततर्फ जोर नम्बरका सीमास्तम्भ पुनर्निर्माण गरिएको हो। नेपालले १४ वटा मुख्य तथा २१ वटा सहायक सीमा स्तम्भ पुनर्निर्माण गरेको हो। नेपालले अब चारवटा मुख्य र एउटा सहायक सीमास्तम्भ पुनर्निर्माण गर्न बाँकी रहेको सीमा सुरक्षाबल अर्जुनखोलाका सशस्त्र प्रहरी उपरीक्षक तुलसीराम दाहालले जानकारी दिए।

भारतसँग जोडिएको दाङको ८३ किलोमिटर सीमामा ३७ मुख्यसहित ७७ सीमास्तम्भ छन्।

 

प्रकाशित: १६ श्रावण २०७५ ०८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App