१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

‘रंगशालाको ढिलाइले असर गर्दैन’

टोकियो – टोकियो ओलम्पिक २०२० को अयोजकले प्रतियोगिताका लागि निर्माणाधीन दुई मुख्य रंगशाला निमढिलाइ भए पनि त्यसले प्रतियोगिताको तयारीका लागि कुनै असर नगर्ने जनाएको छ।

यसअघि टोकियो महानगरको सरकारले दुई रंगशाला ‘ओलम्पिक एक्वेटिक सेन्टर’ र ‘सि फरेस्ट वाटरवे’ निर्माण सम्पन्न गर्न निर्धारित समयभन्दा दुई महिना ढिला हुने बताएको थियो । टोकियो महानगरको सरकारको भनाइपछि स्थानीय सञ्चारमाध्यमले निर्माण कार्यमा हुने ढिलाइले प्रतियोगिताको तयारी पूर्ण रूपमा प्रभावित हुने उल्लेख गरेका थिए।

‘हामी प्रतियोगिताअघि नै रंगशाला निर्माणको सम्पूर्ण कार्य पूरा हुनेमा आशावादी छांै । हामीले हाम्रो तयारी र खेलस्थल निर्माणसम्बन्धी प्रतिवेदन प्रतिवेदन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)समक्ष पेस गरेका छौं र आइओसीले हाम्रो प्रगतिलाई सकारात्मक रूपमा लिएको छ ।’

“पछिल्लो समय सार्वजनिक भएका केही समाचारले टोकियो ओलम्किपक २०२० को तयारीमा अन्योल सिर्जना भएको थियो,” टोकियो ओलम्पिक २०२० आयोजक समितिका प्रवक्ता मासा टाकायाले भने, “हामी निरन्तर टोकियो महानगरका प्रतिनिधिसँगको संवादमा छाैं । उनीहरूले दुई रंगशाला एक्वेटिक सेन्टर र सि फरेस्ट वाटरवेको निर्माणकार्य निर्धारित समयभन्दा दुई महिना ढिला हुने जनाएका छन् । तर पनि यी दुई रंगशाला निर्माणको ढिलाइले प्रतियोगिताको तयारीका लागि कुनै असर गर्दैन ।”

टाकायाले ‘सि फरेस्ट वाटरवे’ २०१९ को मे महिनामा निर्माण सम्पन्न हुने र अगस्टमा उक्त स्थल तयारीका लागि खुला गरिने बताए ।

यस्तै, अर्काे आयोजना स्थल ओलम्पिक एक्वेटिक सेन्टर भने २०२० को निर्माण भने फेब्रुअरीमा सम्पन्न हुनेछ । जहाँ पौडी र डाइभिङका खेल हुँदै छन् । उनले उक्त स्थलमा अप्रिलबाट तयारीका लागि खुला गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइएको बताए।

“हामी अबको दुई वर्षभित्रमा ओलम्पिक आयोजना गर्न पूर्ण रूपमा तयार छौं,” टाकायाले भने, “हामी प्रतियोगिताअघि नै रंगशाला निर्माणको सम्पूर्ण कार्य पूरा हुनेमा आशावादी छाैं । हामीले हाम्रो तयारी र खेलस्थल निर्माणसम्बन्धी प्रतिवेदन प्रतिवेदन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)समक्ष पेस गरेका छौं र आइओसीले हाम्रो प्रगतिलाई सकारात्मक रूपमा लिएको छ । आइओसीले हामीलाई आयोजना स्थललाई समयमा नै सम्पन्न गर्न र गुणस्तरीय बनाउनका लागि सुझाव पनि दिएको छ ।” २०२० को ओलम्पिक जुलाई २४ देखि अगस्ट ९ सम्म जापानको टोकियोमा हुँदै छ।

प्रकाशित: १३ श्रावण २०७५ ०४:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App