१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

प्रियंकाले ‘भारत’ छोडेपछि सलमान आक्रोशित, को आउँदैछिन् नयाँ हिरोइन ?

मुम्बई– अमेरिकी गायक निक जोनससँग इन्गेजमेन्ट गरेर चर्चामा रहेकी अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’ छोडेकी छिन्।

शुटिङ सुरु गरेको दुई दिनमै उनले फिल्मबाट हात झिकेपछि मुख्य अभिनेता सलमान खानले आक्रोश पोखेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार आफ्नो भुमिका साँघुरिएको र प्रेमी निकसँगको इन्गेजमेन्टलाई लिएर प्रियंकाले फिल्म छोडेकी हुन्।

निर्देशक अलि अब्बास जाफरसँग मिलेर ‘भारत’ निर्माण गर्न लागेका सलमान प्रियंकाले बीचमै साथ छोडेपछि नयाँ हिरोइनको खोजीमा जुटेका छन्। अब प्रियंकाको ठाउँमा कट्रिना कैफलाई ल्याउने उनको तयारी छ। सलमानले पछिल्लो फिल्म ‘टाइगर जिन्दा हे’मा कट्रिनासँग काम गरेका थिए।

साथै प्रियंकाले धोका दिएको भन्दै सलमान अब उनीसँग काम नगर्ने निष्कर्षमा पुगेको समाचारहरुमा जनाइएको छ। 

प्रकाशित: १२ श्रावण २०७५ १४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App